काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बीर अस्पताल अगाडिका तीन वटा औषधि पसललाई दुई-दुई लाख रुपैयाँ जरिवाना गरेको छ। ती औषधि पसलले मास्कको बिक्रीमा अत्याधिक मूल्य असुलेको भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ।
कारबाहीमा पर्नेमा हनुमान फर्मा प्रालि, मेगन फार्मेसी र पवित्र प्रोग्रेस फार्मेसी रहेका छन्। हनुमान फर्माले हाइ मास्कमा, मेगन फार्मेसी र पवित्र प्रोग्रेस फार्मेसीले केएन ९५ मास्कको बिक्रीमा बढी मूल्य असुलेको भेटिएको थियो। बढी मूल्यमा मास्क बेचेको उजुरीका आधारमा विभागले अनुगमन गरेको थियो।
अनुगमनका क्रममा ती औषधि पसलको खरिद तथा बिक्री बिल दाँज्दा नाफाखोरी गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।