काठमाडौं- डिल्लीबजार कारागारमा आइतबार बिहान भएको झडपको विषयमा छानिबिन गर्न कारागार व्यवस्थापन विभागले समिति गठन गरेको छ।
विभागका महानिर्देशक प्रदीपराज कँडेलले छानिबन गर्न समिति गठन गरिएको नेपाल लाइभलाई जानकारी दिए। उनका अनुसार विभागका निर्देशक वेदनिधि अधिकारी र सूचना अधिकारी देवर्षी सापकोटाको दुई सदस्यीय छानिबिन समिति गठन गरिएको छ।
कँडेलले भने, ‘हाम्रो छानबनि टोली कारागार गएर घटनास्थलको समेत अध्ययन गरेर भर्खरै फर्किएको छ। त्यसपछि प्रतिवेदन अनुसार कारबाहीको प्रक्रिया अघि बढ्छ।’
कँडेलका अनुसार कारागारका चौकीदार गोकुल गिरी र अन्य पाँच जना कैदीबीच झडप भएको हो। झडपको क्रममा टाउकामा चोट लागेका कैदी शमशेर तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ।
कैदीबन्दीले क्यान्टिनमा खाना उधारो मागेका थिए तर गिरीले नदिने बताएपछि सोही विषयमा विवाद हुँदा झडप भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।