काठमाडौं- प्रदेश ५ सरकारले 'जनतासँग प्रदेश सरकार' कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत् प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो।
प्रदेश सरकारको काम कारबाहीमा सुशासन कायम गर्ने कार्यलाई विशेष प्राथिमकताका साथ लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश सरकारप्रति नागरिकका गुनासा र उजुरी संकलन गरी तिनको यथाशीघ्र सम्बोधन तथा व्यवस्थापन गर्न र प्रदेश सरकारका कामकारबाही र गतिविधिबारे नागरिकलाई सुसूचित गर्न जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ।
संघीय सरकारले जनतासँग प्रधानमन्त्री कार्यक्रम सञ्चालन गरेपनि अहिले त्यो स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।