• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सकिँदै रासायनिक मलको मौज्दात, यस वर्ष मलबिनै वर्षेबाली

64x64
हेमन्त जोशी शनिबार, जेठ १०, २०७७  १९:०२
1140x725

काठमाडौं- वर्षेबाली लगाउने बेला शुरु हुनै लाग्दा रासायनिक मलको मौज्दात भने सकिएको छ। मल खरिदको जिम्मा पाएका दुई निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले आफूसँग भएको मौज्दात सकिन लागेको र खरिद तथा ढुवानी प्रकृयामा रहेको मल कोभिड- १९ महामारीका कारण विभिन्न स्थानमा रोकिएका कारण मल अभाव हुने जानकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई गराइसकेका छन्। 

मन्त्रालयले उपलब्ध गराएको जेठ ५ गतेसम्मको तथ्यांकअनुसार अहिले युरिया मल २५ हजार मेट्रिक टन, डिएपी ३२ हजार मेट्रिक टन र पोटास ६ हजार २ सय मेट्रिक टन मौज्दात छ। जसमा कृषि सामग्रीसँग युरिया १५ हजार र साल्ट ट्रेडिङसँग १० हजार मेट्रिक टन छ। तर साल्ट ट्रेडिङले भने शनिबारसम्ममा आफूसँग ८ हजार मेट्रिक टन युरिया मलमात्रै बाँकी रहेको जनाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा हरि बहादुर केसीका अनुसार डिएपी र पोटास मलको अहिलेको मौज्दातले साउनसम्मलाई धान्ने आंकलन गरिएपनि धान बालीका लागि बढी आवश्यक मानिने युरिया मलमा भने अभाव हुने देखिएको छ। यस वर्ष मलका लागि पर्याप्त बजेट छुट्याइएको भएपनि कोभिड- १९ महामारीको असर खरिद र ढुवानी प्रकृयामा देखिएपछि मल अभावको समस्या देखिएको हो।

साल्ट्र टेडिङ कर्पोरेसनले ओमानबाट झिकाएको साढे २१ हजार मेट्रिक टन मल गुजरातको कांडला बन्दरगाहमा आइसकेको छ। तर कांडला नाका नेपालले नियमित प्रयोग गर्ने बन्दरगाह होइन। त्यहाँबाट माल वस्तु ल्याउनका लागि नेपालले छुट्टै अनुमति लिनुपर्छ। प्रवक्ता केसीका अनुसार उक्त मल नेपाल ल्याउनका लागि मन्त्रालयले भारतस्थित नेपाली दूतावासमार्फत गुजरात सरकारलाई आग्रह गर्न भनेको छ।

‘कांडला बन्दरगाहबाट मल लोड गर्न र ढुवानी गर्नका लागि भारतस्थित नेपाली दूतावासलाई पत्र पठाएर सहजीकरण गर्न भनेका छौं,’ उनले भने‚ ‘लोड-अनलोड, ब्यागिङ र रेलको र्‍याक उपलब्ध गराउन पनि आग्रह गरेका छौं। यदि सहज रुपमा काम भए त्यो मल असारको पहिलो दोस्रो हप्ताभित्र आउन सक्ने सम्भावना रहन्छ।’ त्यस्तै २५ हजार मेट्रिक टन कलकत्ता बन्दरगाहमा रोकिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

सरकारको लक्ष्य कृषि क्रान्ति : तर मल आयात ठप्पसोमबार, वैशाख २९, २०७७

युरिया मलको मौज्दात ८ हजार मेट्रिक टनमा खुम्चिएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले दामासायीमा मल वितरण गर्न शुरु गरेको प्रवक्ता कुमार राजभण्डारी बताउँछन्। ‘थोरै–थोरै परिमाणमा सबैले मल पाउन सकून् भनेर दामासायी ढंगले मल वितरण गर्नुको विकल्प हामीसँग रहेन। अहिले वर्षेबालीको चटारो सुरु भइनसकेका कारण माग पनि बढिसकेको छैन। यही कारण युरिया मलको मौज्दातले जेठ समान्तसम्ममा जेनतेन धान्छ कि भन्ने आशा हो,’ उनले भने। 

चालु आर्थिक वर्ष २०७६/७७ का लागि मल खरिद गर्न सरकारले साढे ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। जसमध्ये ७० प्रतिशत रकमबाट कृषि सामग्री कम्पनी लिमिटेड र ३० प्रतिशत रकमबाट साल्ट ट्रेडिङले मल खरिद गर्ने सम्झौता भएको थियो। बढी मल कृषि सामग्री कम्पनीले खरिद गर्ने भएका कारण उसले चालु आर्थिक वर्षको बजेटमार्फत आउँदो वर्षेबालीका लागि खरिद गरेको मल केही आधा बाटोमै रोकिएको छ भने केही खरिद प्रकृयामै जान सकेको छैन।

लकडाउनका कारण कृषि सामग्रीको ५० हजार मेट्रिक टन युरिया मलको एलसी खोल्न रोकिएको छ भने ३० हजार मेट्रिक टन युरिया, २० हजार मेट्रिक टन डिएपी मल खरिदका लागि टेण्डरको भाका सारेको छ। 

Xtrem
Xtrem

अहिले भारतका विभिन्न बन्दरगाहमा रोकिएको मल सामान्य र अनुकुल अवस्थामै ढुवानी गर्दासमेत वर्षेबालीका लागि मुख्य समय मानिने असार महिनाभित्र आइपुग्न धौ–धौ हुने देखिन्छ। त्यसमाथि लकडाउनका कारण सिर्जना भएको समस्याले यस वर्ष वर्षेबाली रासायनिक मलबिनै लगाउनुपर्ने देखिएको हो।

‘सामान्य अवस्थामा र हाम्रो प्रकृयाले काम गर्न सकियो भने त खासै समस्या हुँदैन थियो। तर कलकत्ताको पोर्टमा मजदुर नै भेटिएनन् भने समस्या हुने देखियो। पानीजहाजलाई नै १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने, त्यसपछि मल झारेर ब्यागिङ गर्नुपर्ने र त्यसका लागि मजदुर आवश्यक पर्छ। रेलको र्‍याक पाउन पनि समस्या छ,’ मन्त्रालयका प्रवक्ता केसीले नेपाल लाइभसँग भने।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्