• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खेलाडी किनबेचका ‘भूकम्प’

64x64
ऋग्वेद शर्मा शनिबार, जेठ १०, २०७७  १३:४१
1140x725

काठमाडौं- विश्व फुटबल जगतमा खेलको जित हारको जति चर्चा हुन्छ क्लबहरुले गर्ने खेलाडी किनबेचमा पनि उस्तै देखिन्छ। खेलाडी किनबेचको समयमा नै त अझ विश्व खेल बजार खेलभन्दा बाहिर नै पुगेको हो कि जस्तो लाग्दछ। विशेष गरी युरोपियन फुटबल बजारमा।

अहिले कोरोना भाइरस (कोभिड १९) को माहामारीले खेल जगत पनि थिचिएको छ। यसले आर्थिक संकटमा क्लबहरु परिरहेका छन्। तर अहिलेकै परिस्थितिमा पनि नयाँ सिजनका लागि को कहाँ तानिने हुन् भन्ने चर्चा चलि नै रहेको छ। नयाँ फुटबल सिजनमा महँगा ट्रान्सफर कठीन देखिए पनि फुटबल जगतमा खेलाडी किनबेचलाई लिएर केही चर्चा, केही हल्ला र अनुमानहरु हुन थालेका छन्। 

गएको सिजनमा नै क्लब छाड्न चाहेका केही खेलाडी र ठूला क्लबले संकटकै समयमा पनि खोजिरहेका नयाँ खेलाडीले ट्रान्सफर समय केही रोचक हुने देखिन्छ। क्लबको आर्थिक संकटका कारण अहिले खेलाडीको तलब कम गर्नेदेखि केही क्लबले कर्मचारी कटौती गर्ने काम भएका छन्। 

यस्तोमा केही क्लब भने नयाँ सिजनको ट्रान्सफरलाई लिएर पनि तयारीमा लागेका छन्। हुन पनि युरोपियन फुटबल बजारलाई हेर्ने हो भने त संकटको यो समयमा पनि समाचारका अनलाइन पोर्टल हुन् वा पत्रिकाका स्पोर्टस् कोलम ‘ट्रान्सफर चर्चा’ सबैभन्दा बढी पढिने सामाग्री बनिरहेका छन्। 

केलियन एमबाप्पे

अहिले खेल ठप्प हुँदा टिकट बिक्री छैन। खेल भएकै स्थानमा पनि दर्शकलाई अनुमति छैन। व्यापारिक प्रायोजनहरु आउन सकेका छैनन्। २०१९-२०२० कै सिजन बीचका अड्किएको छ। च्याम्पियन्स लिग र युरोपा लिग जस्ता प्रतियोगिता पनि कमजोर स्थितिमा देखिन्छ। तर पनि बोरुसिया डर्टमुन्डका विंगर जाडन सान्चोमाथि एक सय मिलियन पाउण्ड र टोटनह्यामका ह्यारी केनमाथि दुई सय मिलियन पाउण्डको मूल्य तोक्न बजार सक्रिय भइरहेको छ। 

तर अहिलेको अप्ठ्यारो परिस्थितिले सबैभन्दा ठूलो धक्का दिने ठाउँ खेलाडी ट्रान्सफर नै हो भन्नेमा दुविधा छैन। यसले सबैभन्दा बढी असर त लिगका तल्ला क्लबहरुलाई गर्नेछ। फुटबल अब्जरभेटरीको ए्उटा अध्ययन अनुसार अहिलेको परिस्थितिमा युरोपका ठूला पाँच लिगमा खेलाडी किनबेचमा २० देखि ३० प्रतिशतले मूल्यमा कमि आउनेछ। 

तर क्लबहरुमा देखिएको संकटको अवस्थामा पनि महँगा खेलाडीको किनबेच चर्चामा भने कमि आएको छैन। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पोउल पोग्बालाई ल्याउने चर्चा चलिरहेको छ। जसका लागि पिएसजीले आफ्ना खेलाडी एन्जेल डि मारियालाई प्रयोग गर्ने संकेतहरु आइरहेका छन्।

एन्जेल डि मारिया

पिएसजीकै नेमार भने गएको सिजनदेखि नै बाहिरिन खोजिरहे पनि महँगो रकमका कारण अप्ठ्यारोमा परिरहेका छन्। नेमारलाई ल्याउन स्पेनिस क्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज नै लागिपरेको पनि बताइन्छ। तर नेमार गएको सिजनदेखि नै बार्सिलोनामा आउने प्रयासमा लागिरहेका थिए।

nimb
nimb

आर्सनलका इमिरिक, बोरुसिया डर्टमुन्डका सान्चो र हल्यान्ड, पिएसजीका थोमस, लिसेस्टर सिटीका जेम्स म्याडिसन, लिलेका स्ट्राइकर भिक्टोरी ओसिमहेन, एथ्लेटिको मड्रिडका थोमस पार्टी, नापोलीका कालिडो कोलिबाले, युभेन्टसका मिरालेम र बार्सिलोनाका उमटिटी जस्ता खेलाडी नयाँ सिजनमा क्लब परिवर्तन हुने चर्चा चलिरहेको छ। यसका साथै हरेक क्लबले बेच्नुपर्ने र किन्नुपर्ने भनिएका खेलाडीको सूची पनि आइरहेकै छन्।

यस्तोमा म्यानचेस्टर युनाइटेडका कार्यकारी उपाध्यक्ष एड उडवार्ड भने खेलाडी किनबेचमा ठूला रकमको चर्चा गरेर अहिलेको परिस्थितिले फुटबलमा पारेको गहिरो असरलाई वेवास्था गर्न नहुने बताइरहेका छन्।

हुन पनि धेरै रकम तिरेर खेलाडी किन्नुलाई सफलतासँग दाँजिहाल्न पनि स्वभाविक देखिँदैन। कतिपय उदाहरणहरु नै छन् जसमाथि क्लबले ठूलो रकम खर्च गरेर पनि उपादेयता निस्किएका छैनन्। त्यसो भएमा ठूलो रकमा किनिएका खेलाडी क्लबकै लागि आर्थिक रुपले घातक सावित भइदिन्छन्। 

तर पनि हरेक सिजन केही ठूला किनबेच हुन्छन् नै जसले विश्व खेल बजार हलाइदिन्छन्। एक खेलाडी बेचेर आएको रकमको लगानी सही नहुँदा त क्लबमै समेत ‘भूकम्प’को जस्तो धक्का सिर्जना भइदिन्छ।

नेमार

नेमार - बार्सिलोनाबाट पिएसजी
नेमार २२२ मिलियन युरोमा सनु २०१७ मा बार्सिलोनाबाट पिएसजी गएपछि बार्सिलोनाले उनको विकल्पको खेलाडीको खोजी सुरु गर्यो। त्यसपछि नै बार्सिलोनाले १४५ मिलियन युरोमा फिलिप कोउटिन्हो र १२५ मिलियन युरोमा उसमान डेम्बेले किन्यो।

ठूला रकमका ती दुई बाहेक पनि बार्सिलोनाले ४० मिलियन युरोमा पोउलिन्हो, ३५ मिलियनमा नेल्सन सेमेडो र १२ मिलियन युरोमा जेरार्ड डेउलाफेउ किन्यो। तर ती खेलाडीका राम्रो फाइदा बार्सिलोनाले लिन सकेन। कोउटिन्हो बायर्न म्युनिखमा लोनमा छन् भने डेम्बेले घाइते हुने समस्याबाट निस्किएका छैनन्। नेमार अहिले फेरि बार्सिलोना नै फर्कने प्रयासमा छन्। 

क्रिष्टियानो रोनाल्डो

क्रिष्टियानो रोनाल्डो - रियल मड्रिडबाट युभेन्टस
क्रिष्टियानो रोनाल्डो कुनै क्लबमा हुनु क्लबका लागि कति फाइदाको विषय हो भन्ने बताइरहनु नपर्ला। रियल मड्रिडले पछिल्लो समय पाएका उपलब्धीको केन्द्रमा कोही छन् भने ती रोनाल्डो नै हुन्। रोनाल्डो २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आएपछि र उनी २०१८ मा रियल मड्रिड छाडेर युभेन्टस गएपछिको अवस्था सबैलाई थाहै छ।

रियल मड्रिडमा रहँदाका उनका कीर्तिमान हेरे मात्र पनि पुग्छ। तर २०१८ मा रोनाल्डो १०० मिलियन युरोमा युभेन्टस गएपछि मड्रिडले उनको अभाव महसुस गरिरहेको छ। उनको विकल्पका खेलाडी अझै भेट्न सकिरहेको छैन।

लुइस स्वारेज

लुइस स्वारेज - लिभरपुलबाट बार्सिलोना
प्रशिक्षक योर्गेन क्लोप आउनुअघि लिभरपुल अहिलेको अवस्थाबाट निकै पछाडि थियो। जसले उनीहरुले स्वारेज बेचेर आएको ८१ मिलियन युरोमा आदम लालाना, डेजान लोभरेन, लाजार मार्कोभिच र मारियो बालाटोली जस्ता खेलाडी ल्याउन सकेका थिए।

त्यही वर्षको अन्त्यमा अल्बर्टो मोरेनो, डिभोक ओरिगी र इमेर क्यान पनि ल्याइए। तर लिभरपुलले आफ्नो उचाइ पाउन निकै समय पर्खनुपर्यो। जहाँ बार्सिलोना गएका स्वारेजले राम्रा उपलब्धीहरु पाइसकेका थिए। 

लुइस फिगो

लुइस फिगो - बार्सिलोनाबाट रियल मड्रिड 
सन् २००० मा नै लुइस फिगो बार्सिलोनाबाट ६० मिलियन युरोमा रियल मड्रिड गएका थिए। जुन रकमले बार्सिलोनाले चार खेलाडी किन्ने योजना बनाएको थियो जसमा मार्क ओभरमार्स र इम्यानुयल पेटिटी जस्ता खेलाडी पनि थिए।

जसमा चारै खेलाडीले क्लबमा राम्रो छाप छाड्न सकेनन्। पेटीटी ल्याउनु र बार्सिलोनाका लागि ठूलो ‘असफलता’ नै बनिदियो। फिगोले छाडेपछिको पाँच वर्ष त बासिलोनाले ला लिगाको उपाधि जित्न समेत सकेन। 

ग्यारथ बेल

ग्यारथ बेल - टोटनह्यामबाट रियल मड्रिड
ग्यारथ बेललाई ल्याएर रियल मड्रिडले जति फाइदा पायो त्यो भन्दा कयौँ गुणा बढी घाटा टोटनह्यामलाई भयो। लामो समय क्लबमा उनको अभाव खड्किएको थियो।

टोटनह्यामले ६० मिलियन युरो इरिक लामेला र रोबर्टो सोल्डाडोमा खर्च गरेको थियो तर दुवैले सोचेअनुसार खेल देखाउन सकेनन्। अरु केही खेलाडी मिडफिल्डमा पनि थपिएका थिए तर बेलको अभाव कतैबाट पूरा हुन सकेन। 

केलियन एमबाप्पे

केलियन एमबाप्पे - मोनाकोबाट पिएसजी
पछिल्लो पुस्ताका फुटबल स्टार एमबाप्पेको खेलशैली हरेकलाई थाहा छ। पिएजसीमा उनले आफ्नो जादु देखाइरहेका पनि छन्। तर एकै समय एमबाप्पे, थोमस लेमार र फाबिन्नो गुमाएको क्लबलाई कस्तो भएको थियो होला।

तर मोनाको तीनलाई बेचेर ल्याएको ३३० मिलियन युरोमा त्यो कमि पूरा गर्ने आश गरेको थियो। मोनाकोले त्यसपछि नै अलेक्जेण्डर गोलोभिन, विसाम भेन एडर र गेल्सन मार्टिन्सलाई ल्याएको थियो तर उनीहरुले एमबाप्पेको कमि पूरा गर्न सकेनन्। 

क्रिष्टियन भिएरी

क्रिष्टियन भिएरी - एथ्लेटिको मड्रिडबाट लाजियो
क्रिष्टियन भिएरीलाई अहिलेको पुस्ताले नचिने पनि उनी अघिल्लो पुस्ताका ‘फुटबलमा तहल्का’ थिए। इटालीका यी खेलाडी १९९८ मा एथ्लेटिको मड्रिडबाट लाजियो जाँदा एथ्लेटिकोले निकै गुमाएको महसुस गरेको थियो। हुन त त्यही समय भिएरी बेचेर एथ्लेटिकोले २८ मिलियन युरो कमाएको थियो तर उनलाई बेचेपछिकै सिजन एथ्लेटिको लिगमा १३औँ स्थानमा पुग्नु संयोग मात्र हुन सक्दैन।  
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
विपद् प्रतिकार्य र पुनर्निर्माणका लागि पाँचवटा कार्यदल गठन गरिने, कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्रीको निर्देशन सोमबार, भदौ १५, २०८३
बाढीपीडितको लागि शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङस्द्वारा २१* लाख सहयोग घोषणा सोमबार, भदौ १५, २०८३
एमालेद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा सोमबार, भदौ १५, २०८३
बाढीपछि संसद् सुचारु गर्न कांग्रेसको माग, राईले भने– नागरिकलाई विश्वास चाहिएको छ सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढी: ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्