• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

 नेपालमा मार्सल आर्ट : तेक्वान्दोलाई हेर्दा

अञ्जना शिवाकोटी शुक्रबार, जेठ ९, २०७७  १५:३२
1140x725

नेपालमा पहिले कुनै पनि मार्सल आर्ट खेल खेलाउन या सिकाउन अनुमति दिइएको थिएन। विशेष गरी खेलकुद राज परिवारका रुचिअनुसारका खेल दरबारमा मात्र सीमित हुने अवस्थामा थियो। देशमा भएको विभिन्न खाले राजनीतिक परिवर्तनसँगै खेल क्षेत्र पनि फराकिलो बन्दै गयो। 

बिस २०१५ सालमा तत्कालीन शिक्षा मन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद गठन गरियो। उक्त गठित परिषदलाई २०१७ साल फागुन १७ गते राष्ट्रिय खेलकुद परिषदमा रुपान्तरण गरियो। 

त्यसपछि नै प्रत्येक दुई–दुई वर्षमा हुने गरी खेल महाकुम्भ मेला प्रथम राष्ट्रिय खेलकुद २०३८ साल भदौ २७ बाट सुरु गरियो। तर पनि मार्सल आर्ट भने तेस्रो राष्ट्रिय प्रतियोगिताबाट समावेश गरेको पाइन्छ। त्यसपछि मार्सल आर्ट अन्तर्गतका विभिन्न संघ महासंघहरु राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता हुन सुरु भयो। 

मार्सल आर्ट अन्तर्गतकै लोकप्रिय खेल तेक्वान्दो अन्तर्गत अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ पनि एक हो। कोरियाबाट उदय भएको यस खेलका संस्थापक अध्यक्ष जनरल च्योइ होङ्ही थिए। जनरल च्योइ होङ्हीले तेक्वान्दोलाई सेल्फ डिफेन्सको कला भनेका छन्। जुन हात खुट्टा र आँखाको सहायताले खेलिने एक कलात्मक र रचनात्मक खेल हो। यसको मुख्य उद्देश्य शारीरिक स्वास्थ्य सँगै आत्मरक्षाका निम्ति हो। यसले बौद्धिकता, नैतिक, सामाजिक परिवर्तन सँगै विश्व शान्तिको अपेक्षा राख्दछ।

सन् २०१४ मा एक हजार खेलाडीसहित १९ देशको उपस्थितिमा ७ औँ एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको थियो। जुन नेपाल मार्सल आर्ट क्षेत्रकै ऐतिहासिक प्रतियोगिताका रुपमा रहेको छ। 

नेपालमा यस खेलको सुरुवातको यकिन मिति नभए पनि आधिकारिक रुपले २०५४ सालमा स्याङ्जा जिल्ला प्रशासन कार्यलयमा दर्ता गराए पछि सञ्चालनमा आएको हो भन्न सकिन्छ। यस खेलको सुरुवाती समयमा नेतृत्वले निकै संघर्षबाट जन्मिएको र विकास गरेको हो। त्यसैले हिजोबाट आजमा आउँदा पुरानो समयलाई भुल्न सकिँदैन। 

नेतृत्वकै कुरा गर्दा नाम लिने हो भने सन् १९९८ मा खड्क बहादुर रानाभाट, १९९९–२००० मा राम नाथ ढकाल, २०००–२००३ मा राज कुमार थापामगर, २००३–२०१२ सम्म कृष्ण बलाल, २०१२–२०१३ कुमार थापा, २०१४ मा कार्यबाहक अध्यक्ष अन्जु नाथ श्रेष्ठ हुँदै २०१६ यता अन्जन धमला हुनुहुन्छ। 

संस्थापक अध्यक्ष खड्क रानाभाटको अध्यक्षतामा महासचिव राजकुमार थापा र कोषाध्यक्ष बिद्रोह बिस्टलगायतका ७ सदस्यबाट दर्ता भएको नेपाल आइटिएफ तेक्वान्दोमा विभिन्न नेतृत्व प्राप्त भएसँगै यस खेलको विकास र विस्तार अघि बढ्दै गयो। 

Ncell 2
Ncell 2
nimb
nimb

सुरुवातमा डब्लूटिएफका राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय खेलाडी राज कुमार थापा र करातेका राष्ट्रिय प्रशिक्षक डम्बर बहादुर जङ्ग गुरुङलाई अस्ट्रियामा रहेको आइटिएफ मुख्यालयबाट निमन्त्रणा आइ सन् १९९८ मा तीन महिने विशेष तालिम लिएर नेपाल फर्किएका थिए। त्यसपछि नै नेपालमा राम्ररी प्रशिक्षण सुरु हुन सकेको हो। 

सन् २००० मा त नेपालमा आइटिएफ विकास र विस्तार गर्न संस्थापक अध्यक्ष जनरल च्योइ होङ्ही नेपाल आएर विभिन्न सेमिनारहरु गरेका थिए। 

सन् २००९ मा नेपाल आर्मी र नेपाल प्रहरीमा यस खेल समावेश भयो। आजसम्म आइपुग्दा त सबै प्रदेशमा आफ्नै संघ निर्माण गरिनुका साथै २० हजारको हाराहारीमा खेलाडीहरु आबद्ध रहेका छन्। प्रशिक्षक र रेफ्रीहरुको पनि विकास भइरहेको छ। 

मार्सल आर्ट अन्तर्गतकै लोकप्रिय खेल तेक्वान्दो अन्तर्गत अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ पनि एक हो। कोरियाबाट उदय भएको यस खेलका संस्थापक अध्यक्ष जनरल च्योइ होङ्ही थिए। जनरल च्योइ होङ्हीले तेक्वान्दोलाई सेल्फ डिफेन्सको कला भनेका छन्। जुन हात खुट्टा र आँखाको सहायताले खेलिने एक कलात्मक र रचनात्मक खेल हो।

Xtrem

Xtrem

यसअघिको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट खेलाडी सहभागी गराइएको थियो। यस महासंघले नेपालामै विभिन्न ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता अयोजना गराउनुका साथै विदेशमा आयोजना गरिएका प्रतियोगितामा खेलाडी सहभागी गराउँदै विभिन्न पदकसमेत जित्दै आएको छ। यसको आफ्नै खेल गतिविधिका लागि वार्षिक क्यालेन्डर बनाइ काम गर्ने गरेको छ।  

प्रत्येक वर्ष संस्थापक अध्यक्ष जनरल च्योइ होङ्हीको सम्झनामा राष्ट्रिय प्रतियोगिता गराउने, राखेपले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने, प्रत्येक प्रदेश जिल्लाले आफ्नै स्थानीय सरकार र सरोकारवालासँगको सहयोगमा प्रतियोगिता गर्ने गराउने गर्दछ। 

महासंघको प्रत्येक वार्षिक उत्सवमा विभिन्न सामाजिक काम गरिनुका साथै वर्षभरिका गतिविधिको समिक्षा र आगामी योजना तय गरिन्छ। यसमा पारदर्शी ढंगले काम गर्ने प्रयास रहन्छ। 

यसले सन् २००० मा अन्तर्राष्ट्रिय सेमिनार आइटिएफकै जन्मदातालाई नेपाल ल्यार सम्पन्न गर्यो भने त्यसपछि सन् २०१४ मा एक हजार खेलाडीसहित १९ देशको उपस्थितिमा ७ औँ एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको थियो। जुन नेपाल मार्सल आर्ट क्षेत्रकै ऐतिहासिक प्रतियोगिताका रुपमा रहेको छ। 

दक्षिण एसियाली प्रतियोगितामा यसको विकास र विस्तारमा नेपालको महत्वपूर्ण भुमिका रहेको छ। यसले नेपालमै चार वटा दक्षिण एसियाली प्रतियोगिता सम्पन्न गरिसकेको छ। जुन २००८, २०११, २०१४ र २०१८ मा भएको थियो। खेलाडी तथा प्रशिक्षकको स्तर विकासका निम्ति विभिन्न समयमा अन्तर्राष्ट्रिय प्रशिक्षकलाई नेपाल ल्याएर सेमिनार पनि आयोजन गर्दै आएको छ। 

यस महासंघको स्थापनाकाल देखि रेखदेख तथा नेतृत्व गर्दै आएकाहरु अहिले राखेपमा समेत छन्। विभिन्न समय विभिन्न नेताहरुले पनि यसमा सहयोग पुर्याउँदै आइरहेकै छन्।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ खेलकुद गतिविधि मात्र गर्ने गराउने नभइ समाजिक कार्यमा पनि उत्तिकै सक्रियताका साथ सहभागी हुँदै आएको छ। तत्कालीन अध्यक्ष कृष्ण बलालको अध्यक्षतामा स्थापना दिवस पारेर रक्तदान कार्यक्रम, वृद्ध आश्रममा खाना खुवाउने, सरसफाइ गर्ने स्ता रचनात्मक गतिविधि सुरुवात भए सँगै निरन्तर गरिँदै आइरहेको पाइन्छ। 

हावाहुरी, बाढी पहिरो भूकम्प जस्ता प्राकृतिक प्रकोपको बेलामा पनि आफ्नो ठाउँबाट समाजिक ऐकेबद्धता जनाउँदै आएको छ। समाजमा घटेका विभिन्न खाले हिंसाका विरुद्ध आफ्नो ठाउँबाट आवाज उठाउँदै आएको छ। 

पछिल्लो समय बढ्दै गइरहेको महिला हिंसा न्यूनीकरणमा यस महासंघले आफ्नो प्रदेशभर रहेक संघमार्फत स्थानीय सरकार संघ संस्थासँग सहकार्य गर्दै महिलाहरुको आत्मबल वृद्धि गर्ने आत्म सुरक्षाका निम्ति तालिम गराउँदै आइरहेको छ।

मार्सल आर्ट भन्ने वित्तिकै झगडा गर्ने कारखाना हो भन्ने भ्रम नेपाली समाजबाट चिर्न यस खेलको महत्वपूर्ण भूमिका रहको छ। कतिपय युवाहरु लागूऔषधको दलदलमा फस्ने गरेको पाइन्छ, सामाजिक मानसिक चिन्ताले युवा डिप्रेसनमा जाने गरेका छन्, यस्ता सामाजिक समस्या न्यूनीकरणमा तेक्वान्दोले निरन्तर काम गर्दै आएको छ।

विद्यालय स्तरबाट नै सिकाइने यस खेलले जनमानसमा तेक्वान्दोको असली परिभाषा सिकाएको छ। धैर्यता, इमानदारिता, साहस, नम्रता, अत्मविश्वास जस्ता ५ सिद्धान्तबाट यसको प्रशिक्षण गराइन्छ। खेलकुद पदक र प्रमाणपत्र मात्र नभइ शारीरिक, मानसिक र समाजिक रुपमा तन्दुरुस्त रहँदै असल नागरिक बन्न सिकाउने नर्सरी पनि हो। 

पछिल्लो समय राखेपमा संघ दर्ता गर्ने सख्या बढ्दो छ। झण्डै दुई सयको हाराहारिमा पुगेका संघहरु कति झोलामा त कति निष्क्रिय अवस्थामा पनि छन्। नेतृत्वले यस्तो अबस्थाको विशेष अध्ययन गरि निस्क्रिय रहेका संघलाई कारबाही गर्ने तथा खारेजी समेत गर्दै संघहरुको व्यवस्थापनमा जुट्नुपर्दछ। 

असुरक्षित बन्दै गएको हाम्रो समाजमा सुरक्षाको प्रत्याभूत गराउँदै आफ्नो सुरक्षा आफै गर्न सक्ने क्षमताको विकास गर्ने खेलकुदप्रति राज्य वा समाजको प्राथमिकता कम रहेको हुँदा रचनात्मक तरिकाबाट यसको महत्व दर्शाउँदै आएका छौँ। 

हामीले परिकल्पना गरेको खेलकुदमैत्री समाज, सुन्दर शान्त समाज निर्माणमा तेक्वान्दो खेलको पनि एक महत्वपूर्ण भूमिका रहँदै आएको छ। यदि सम्बन्धित निकायको अझ साथ रहँदा स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै भबिष्यमा पनि यस सशक्त रुपमा अगि बढ्दै देशलाई सहयोग हुनेछ।

पछिल्लो समय राखेपमा संघ दर्ता गर्ने सख्या बढ्दो छ। झण्डै दुई सयको हाराहारिमा पुगेका संघहरु कति झोलामा त कति निष्क्रिय अवस्थामा पनि छन्। नेतृत्वले यस्तो अबस्थाको विशेष अध्ययन गरि निस्क्रिय रहेका संघलाई कारबाही गर्ने तथा खारेजी समेत गर्दै संघहरुको व्यवस्थापनमा जुट्नुपर्दछ। 

कतिपय संघहरु कार्यक्रममा सक्रिय रहे पनि नतिजाका हिसाबले भने शून्य छन्। राज्यको पूर्ण लगानीका साथै बिशेष प्राथमिकतामा पर्दै आएका यस्ता संघहरुले पनि नेपाललाई ठोस नतिजा दिन सकिरहेका छैनन्। तर राखेपको प्राथमिकता भन्दा बाहिर रहेका संघहरुले भने बेला बेला पदक दिलाउन सफल भैरहेका छन्। 

नेपाल आइटिएफले सुरुवाती समयदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउँदै आइरहेको छ। पछिल्लो समय नेपालमा नै सम्पन्न छैटौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा नेपाललाई ३४ स्वर्ण, ४३ रजत र ६१ कास्य पदक दिलाएको थियो। यसरी सफलता दिलाउने हजार भन्दा धेरै प्रशिक्षकले स्वयमसेवकका रुपमा काम गरिरहेका छन्। विगतदेखि आजसम्म पनि राखेपका प्रशिक्षक नियुक्ति गर्न सकेको छैन। 

प्रत्येक वर्ष नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउँदै आएको, देशका सबै प्रदेशमा विकास र विस्तार गरि खेलकुदको गरिमालाई उच्च पार्दै झुपडीसम्म पुगि खेलाडी उत्पादनमा तेक्वान्दो लागिरहेको छ। नेपाल आर्मी र नेपाल पुलिसमा समेत समावेश गराइ उत्कृष्ट नतिजा दिन सफल भइरहेका यस्ता संघहरुलाई पनि समेट्ने गरि राखेपको दायरा अझ फराकिलो बनाउन जरुरी छ। 

(लेखक नेपाल आइटिएफ तेक्वान्दो कार्यकारी सदस्य तथा प्रदेश न २ अध्यक्ष हुन्।)

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग?
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्