नेपालमा पहिले कुनै पनि मार्सल आर्ट खेल खेलाउन या सिकाउन अनुमति दिइएको थिएन। विशेष गरी खेलकुद राज परिवारका रुचिअनुसारका खेल दरबारमा मात्र सीमित हुने अवस्थामा थियो। देशमा भएको विभिन्न खाले राजनीतिक परिवर्तनसँगै खेल क्षेत्र पनि फराकिलो बन्दै गयो।
बिस २०१५ सालमा तत्कालीन शिक्षा मन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद गठन गरियो। उक्त गठित परिषदलाई २०१७ साल फागुन १७ गते राष्ट्रिय खेलकुद परिषदमा रुपान्तरण गरियो।
त्यसपछि नै प्रत्येक दुई–दुई वर्षमा हुने गरी खेल महाकुम्भ मेला प्रथम राष्ट्रिय खेलकुद २०३८ साल भदौ २७ बाट सुरु गरियो। तर पनि मार्सल आर्ट भने तेस्रो राष्ट्रिय प्रतियोगिताबाट समावेश गरेको पाइन्छ। त्यसपछि मार्सल आर्ट अन्तर्गतका विभिन्न संघ महासंघहरु राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता हुन सुरु भयो।
मार्सल आर्ट अन्तर्गतकै लोकप्रिय खेल तेक्वान्दो अन्तर्गत अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ पनि एक हो। कोरियाबाट उदय भएको यस खेलका संस्थापक अध्यक्ष जनरल च्योइ होङ्ही थिए। जनरल च्योइ होङ्हीले तेक्वान्दोलाई सेल्फ डिफेन्सको कला भनेका छन्। जुन हात खुट्टा र आँखाको सहायताले खेलिने एक कलात्मक र रचनात्मक खेल हो। यसको मुख्य उद्देश्य शारीरिक स्वास्थ्य सँगै आत्मरक्षाका निम्ति हो। यसले बौद्धिकता, नैतिक, सामाजिक परिवर्तन सँगै विश्व शान्तिको अपेक्षा राख्दछ।
सन् २०१४ मा एक हजार खेलाडीसहित १९ देशको उपस्थितिमा ७ औँ एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको थियो। जुन नेपाल मार्सल आर्ट क्षेत्रकै ऐतिहासिक प्रतियोगिताका रुपमा रहेको छ।
नेपालमा यस खेलको सुरुवातको यकिन मिति नभए पनि आधिकारिक रुपले २०५४ सालमा स्याङ्जा जिल्ला प्रशासन कार्यलयमा दर्ता गराए पछि सञ्चालनमा आएको हो भन्न सकिन्छ। यस खेलको सुरुवाती समयमा नेतृत्वले निकै संघर्षबाट जन्मिएको र विकास गरेको हो। त्यसैले हिजोबाट आजमा आउँदा पुरानो समयलाई भुल्न सकिँदैन।
नेतृत्वकै कुरा गर्दा नाम लिने हो भने सन् १९९८ मा खड्क बहादुर रानाभाट, १९९९–२००० मा राम नाथ ढकाल, २०००–२००३ मा राज कुमार थापामगर, २००३–२०१२ सम्म कृष्ण बलाल, २०१२–२०१३ कुमार थापा, २०१४ मा कार्यबाहक अध्यक्ष अन्जु नाथ श्रेष्ठ हुँदै २०१६ यता अन्जन धमला हुनुहुन्छ।
संस्थापक अध्यक्ष खड्क रानाभाटको अध्यक्षतामा महासचिव राजकुमार थापा र कोषाध्यक्ष बिद्रोह बिस्टलगायतका ७ सदस्यबाट दर्ता भएको नेपाल आइटिएफ तेक्वान्दोमा विभिन्न नेतृत्व प्राप्त भएसँगै यस खेलको विकास र विस्तार अघि बढ्दै गयो।
सुरुवातमा डब्लूटिएफका राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय खेलाडी राज कुमार थापा र करातेका राष्ट्रिय प्रशिक्षक डम्बर बहादुर जङ्ग गुरुङलाई अस्ट्रियामा रहेको आइटिएफ मुख्यालयबाट निमन्त्रणा आइ सन् १९९८ मा तीन महिने विशेष तालिम लिएर नेपाल फर्किएका थिए। त्यसपछि नै नेपालमा राम्ररी प्रशिक्षण सुरु हुन सकेको हो।
सन् २००० मा त नेपालमा आइटिएफ विकास र विस्तार गर्न संस्थापक अध्यक्ष जनरल च्योइ होङ्ही नेपाल आएर विभिन्न सेमिनारहरु गरेका थिए।
सन् २००९ मा नेपाल आर्मी र नेपाल प्रहरीमा यस खेल समावेश भयो। आजसम्म आइपुग्दा त सबै प्रदेशमा आफ्नै संघ निर्माण गरिनुका साथै २० हजारको हाराहारीमा खेलाडीहरु आबद्ध रहेका छन्। प्रशिक्षक र रेफ्रीहरुको पनि विकास भइरहेको छ।
मार्सल आर्ट अन्तर्गतकै लोकप्रिय खेल तेक्वान्दो अन्तर्गत अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ पनि एक हो। कोरियाबाट उदय भएको यस खेलका संस्थापक अध्यक्ष जनरल च्योइ होङ्ही थिए। जनरल च्योइ होङ्हीले तेक्वान्दोलाई सेल्फ डिफेन्सको कला भनेका छन्। जुन हात खुट्टा र आँखाको सहायताले खेलिने एक कलात्मक र रचनात्मक खेल हो।
यसअघिको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट खेलाडी सहभागी गराइएको थियो। यस महासंघले नेपालामै विभिन्न ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता अयोजना गराउनुका साथै विदेशमा आयोजना गरिएका प्रतियोगितामा खेलाडी सहभागी गराउँदै विभिन्न पदकसमेत जित्दै आएको छ। यसको आफ्नै खेल गतिविधिका लागि वार्षिक क्यालेन्डर बनाइ काम गर्ने गरेको छ।
प्रत्येक वर्ष संस्थापक अध्यक्ष जनरल च्योइ होङ्हीको सम्झनामा राष्ट्रिय प्रतियोगिता गराउने, राखेपले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने, प्रत्येक प्रदेश जिल्लाले आफ्नै स्थानीय सरकार र सरोकारवालासँगको सहयोगमा प्रतियोगिता गर्ने गराउने गर्दछ।
महासंघको प्रत्येक वार्षिक उत्सवमा विभिन्न सामाजिक काम गरिनुका साथै वर्षभरिका गतिविधिको समिक्षा र आगामी योजना तय गरिन्छ। यसमा पारदर्शी ढंगले काम गर्ने प्रयास रहन्छ।
यसले सन् २००० मा अन्तर्राष्ट्रिय सेमिनार आइटिएफकै जन्मदातालाई नेपाल ल्यार सम्पन्न गर्यो भने त्यसपछि सन् २०१४ मा एक हजार खेलाडीसहित १९ देशको उपस्थितिमा ७ औँ एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको थियो। जुन नेपाल मार्सल आर्ट क्षेत्रकै ऐतिहासिक प्रतियोगिताका रुपमा रहेको छ।
दक्षिण एसियाली प्रतियोगितामा यसको विकास र विस्तारमा नेपालको महत्वपूर्ण भुमिका रहेको छ। यसले नेपालमै चार वटा दक्षिण एसियाली प्रतियोगिता सम्पन्न गरिसकेको छ। जुन २००८, २०११, २०१४ र २०१८ मा भएको थियो। खेलाडी तथा प्रशिक्षकको स्तर विकासका निम्ति विभिन्न समयमा अन्तर्राष्ट्रिय प्रशिक्षकलाई नेपाल ल्याएर सेमिनार पनि आयोजन गर्दै आएको छ।
यस महासंघको स्थापनाकाल देखि रेखदेख तथा नेतृत्व गर्दै आएकाहरु अहिले राखेपमा समेत छन्। विभिन्न समय विभिन्न नेताहरुले पनि यसमा सहयोग पुर्याउँदै आइरहेकै छन्।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ खेलकुद गतिविधि मात्र गर्ने गराउने नभइ समाजिक कार्यमा पनि उत्तिकै सक्रियताका साथ सहभागी हुँदै आएको छ। तत्कालीन अध्यक्ष कृष्ण बलालको अध्यक्षतामा स्थापना दिवस पारेर रक्तदान कार्यक्रम, वृद्ध आश्रममा खाना खुवाउने, सरसफाइ गर्ने स्ता रचनात्मक गतिविधि सुरुवात भए सँगै निरन्तर गरिँदै आइरहेको पाइन्छ।
हावाहुरी, बाढी पहिरो भूकम्प जस्ता प्राकृतिक प्रकोपको बेलामा पनि आफ्नो ठाउँबाट समाजिक ऐकेबद्धता जनाउँदै आएको छ। समाजमा घटेका विभिन्न खाले हिंसाका विरुद्ध आफ्नो ठाउँबाट आवाज उठाउँदै आएको छ।
पछिल्लो समय बढ्दै गइरहेको महिला हिंसा न्यूनीकरणमा यस महासंघले आफ्नो प्रदेशभर रहेक संघमार्फत स्थानीय सरकार संघ संस्थासँग सहकार्य गर्दै महिलाहरुको आत्मबल वृद्धि गर्ने आत्म सुरक्षाका निम्ति तालिम गराउँदै आइरहेको छ।
मार्सल आर्ट भन्ने वित्तिकै झगडा गर्ने कारखाना हो भन्ने भ्रम नेपाली समाजबाट चिर्न यस खेलको महत्वपूर्ण भूमिका रहको छ। कतिपय युवाहरु लागूऔषधको दलदलमा फस्ने गरेको पाइन्छ, सामाजिक मानसिक चिन्ताले युवा डिप्रेसनमा जाने गरेका छन्, यस्ता सामाजिक समस्या न्यूनीकरणमा तेक्वान्दोले निरन्तर काम गर्दै आएको छ।
विद्यालय स्तरबाट नै सिकाइने यस खेलले जनमानसमा तेक्वान्दोको असली परिभाषा सिकाएको छ। धैर्यता, इमानदारिता, साहस, नम्रता, अत्मविश्वास जस्ता ५ सिद्धान्तबाट यसको प्रशिक्षण गराइन्छ। खेलकुद पदक र प्रमाणपत्र मात्र नभइ शारीरिक, मानसिक र समाजिक रुपमा तन्दुरुस्त रहँदै असल नागरिक बन्न सिकाउने नर्सरी पनि हो।
पछिल्लो समय राखेपमा संघ दर्ता गर्ने सख्या बढ्दो छ। झण्डै दुई सयको हाराहारिमा पुगेका संघहरु कति झोलामा त कति निष्क्रिय अवस्थामा पनि छन्। नेतृत्वले यस्तो अबस्थाको विशेष अध्ययन गरि निस्क्रिय रहेका संघलाई कारबाही गर्ने तथा खारेजी समेत गर्दै संघहरुको व्यवस्थापनमा जुट्नुपर्दछ।
असुरक्षित बन्दै गएको हाम्रो समाजमा सुरक्षाको प्रत्याभूत गराउँदै आफ्नो सुरक्षा आफै गर्न सक्ने क्षमताको विकास गर्ने खेलकुदप्रति राज्य वा समाजको प्राथमिकता कम रहेको हुँदा रचनात्मक तरिकाबाट यसको महत्व दर्शाउँदै आएका छौँ।
हामीले परिकल्पना गरेको खेलकुदमैत्री समाज, सुन्दर शान्त समाज निर्माणमा तेक्वान्दो खेलको पनि एक महत्वपूर्ण भूमिका रहँदै आएको छ। यदि सम्बन्धित निकायको अझ साथ रहँदा स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै भबिष्यमा पनि यस सशक्त रुपमा अगि बढ्दै देशलाई सहयोग हुनेछ।
पछिल्लो समय राखेपमा संघ दर्ता गर्ने सख्या बढ्दो छ। झण्डै दुई सयको हाराहारिमा पुगेका संघहरु कति झोलामा त कति निष्क्रिय अवस्थामा पनि छन्। नेतृत्वले यस्तो अबस्थाको विशेष अध्ययन गरि निस्क्रिय रहेका संघलाई कारबाही गर्ने तथा खारेजी समेत गर्दै संघहरुको व्यवस्थापनमा जुट्नुपर्दछ।
कतिपय संघहरु कार्यक्रममा सक्रिय रहे पनि नतिजाका हिसाबले भने शून्य छन्। राज्यको पूर्ण लगानीका साथै बिशेष प्राथमिकतामा पर्दै आएका यस्ता संघहरुले पनि नेपाललाई ठोस नतिजा दिन सकिरहेका छैनन्। तर राखेपको प्राथमिकता भन्दा बाहिर रहेका संघहरुले भने बेला बेला पदक दिलाउन सफल भैरहेका छन्।
नेपाल आइटिएफले सुरुवाती समयदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउँदै आइरहेको छ। पछिल्लो समय नेपालमा नै सम्पन्न छैटौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा नेपाललाई ३४ स्वर्ण, ४३ रजत र ६१ कास्य पदक दिलाएको थियो। यसरी सफलता दिलाउने हजार भन्दा धेरै प्रशिक्षकले स्वयमसेवकका रुपमा काम गरिरहेका छन्। विगतदेखि आजसम्म पनि राखेपका प्रशिक्षक नियुक्ति गर्न सकेको छैन।
प्रत्येक वर्ष नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउँदै आएको, देशका सबै प्रदेशमा विकास र विस्तार गरि खेलकुदको गरिमालाई उच्च पार्दै झुपडीसम्म पुगि खेलाडी उत्पादनमा तेक्वान्दो लागिरहेको छ। नेपाल आर्मी र नेपाल पुलिसमा समेत समावेश गराइ उत्कृष्ट नतिजा दिन सफल भइरहेका यस्ता संघहरुलाई पनि समेट्ने गरि राखेपको दायरा अझ फराकिलो बनाउन जरुरी छ।
(लेखक नेपाल आइटिएफ तेक्वान्दो कार्यकारी सदस्य तथा प्रदेश न २ अध्यक्ष हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।