पोखरा– श्रमजीवी पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ कास्की शाखाले नयाँ वर्ष २०७५ लाई ‘तालीम वर्ष’का रुपमा मनाउने भएको छ।
नयाँ वर्षको अवसरमा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पत्रकारिता क्षेत्रको विकासका लागि सबै किसिमका तालीम सञ्चालन गरिने कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष एवं स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारिता क्षेत्रमा भाषिक शुद्धताको खाँचो औँल्याए।
अर्का शाखाका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाले दक्ष र मर्यादित पत्रकारिताको माध्यमबाट मात्र नागरिकका हक, अधिकारको संरक्षण गर्न सकिने बताए।
कार्यक्रममा शाखाका पूर्वअध्यक्ष पुण्य पौडेल, पत्रकार नवराज सुवेदी, डा बलराम रेग्मी, हरि बास्तोला, तारा चापागाई, दुर्गा भण्डारी, श्याम कुँवरलगायतले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।