प्रतिकात्मक फोटो
काठमाडौं- कपिलवस्तुमा थपिएका ९ जना कोरोना संक्रमित मध्ये २ जना पत्रकार रहेको खुलेको छ।
नयाँ थपिएका विरामीमध्ये समाचार संकलनका लागि फिल्ममा खटिएका दुई जना पत्रकारमा पनि कोरोन संक्रमण भएको पाइएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए।
उनीहरू बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान ९ बजे सम्म देशभर ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कपिलवस्तुमा संक्रमितको संख्या ६९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।