• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अर्थतन्त्र जोगाइराख्न कस्ता खालका राहत र प्रोत्साहन प्याकेज ल्याउने?

64x64
नेपाल लाइभ बिहीबार, जेठ ८, २०७७  २२:४६
1140x725

काठमाडौं - कोभिड १९ महामारीका कारण विश्व अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगिसकेको छ। नेपाल पनि यसबाट अछुतो छैन। आफ्नो देशको अर्थतन्त्र जोगाइराख्न तथा त्यसको पुनरोत्थानका लागि अधिकांश देशहरूले राहत तथा प्रोत्साहन प्याकेजको घोषणा गरिरहेका छन्। 

तर, नेपालले भने अहिलेसम्म कुनै त्यस्तो प्याकेजको घोषणा गरिसकेको छैन। लकडाउनका कारण अधिकांश आर्थिक क्रियाकलापहरू ठप्पप्राय छन्। लाखौंको संख्यामा श्रमशक्ति बेरोजगार हुनुपर्ने अवस्था छ। 

यस्तो अवस्थामा सरकारले कस्तो खालको राहत प्याकेज ल्याउनुपर्छ र मुलुकको अर्थतन्त्रलाई कसरी जोगाइराख्ने भन्ने विषयमा नेपाल उद्योग परिसंघले आयोजना गरेको वेबमा आधारित ‘इकोनोमिक सर्भाइभल’ विषयक कार्यक्रममा वक्ताहरूले राखेको विचारको सम्पादित अंशः

मानिसको ज्यान ठूलो हो, अब व्यक्ति केन्द्रित अर्थशास्त्रको सिद्धान्तलाई केन्द्रमा राखेर सोचौं : डा बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री 
कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावपछि विकासको विचार विमर्शलाई फरक तरिकाले अगाडि बढाउनुपर्ने बेला आएको छ। यसलाई अब अर्थ-राजनीतिक ढंगले हेरिनुपर्छ। त्यो भनेको अब विकासको अर्थशास्त्रसम्बन्धि विमर्श गर्दा व्यक्तिलाई केन्द्रमा राखिनुपर्छ। अहिले राज्य र बजारलाई केन्द्रमा राखेर चलिरहेको अर्थशास्त्रको सिद्धान्तलाई पुनर्परिभाषित गर्ने बेला आएको छ। 

अब व्यक्ति, राज्य र बजार सबै क्षेत्रलाई उत्तिकै हेरिनुपर्छ। अर्थतन्त्रलाई धराशायी हुनबाट रोक्न र निजी क्षेत्रलाई बचाएर राख्न वित्तीय र मौद्रिक उपकरणहरू परिचालन गरिनुपर्ने विषयलाई सरकार गम्भीररूपमा लिनुपर्ने हो। तर सरकारले त्यसलाई कसरी लिन्छ भन्ने विषयले पनि कस्तो खालको राहत प्याकेज आउँछ भनेर निर्धारण गर्छ। 

कूल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत बराबरको राहत प्याकेज आउनुपर्ने निजी क्षेत्रको भनाइ रहेकोमा मलाई त अझ त्योभन्दा पनि बढीको प्याकेज ल्याउनुपर्ने हो जस्तो लाग्छ। विदेशबाट फर्किन चाहने श्रमशक्तिलाई उनीहरू कोरोनाका बाहक हुन भनेर हेप्ने होइन कि उनीहरू सीप रहेका, दक्ष जनशक्ति हुन्, अर्थतन्त्रका बलिया खम्बा हुन् भनेर सरकारले सोच्नुपर्छ। त्यस्तै विदेशबाट फर्किनेलाई परम्परागत कृषि प्रणालीमै फर्किन लगाउने भन्दा पनि उनीहरूलाई व्यवसायिक कृषिमा कसरी आवद्ध गर्न सकिन्छ भनेर सोच्नुपर्छ। 

संकटको बेला पनि ठूला आयोजना निर्माणको कामलाई निरन्तरता दिइरहनु आवश्यक छ। ठूला आयोजना बनाउनका लागि श्रोत कहाँबाट आउँछ भन्ने प्रश्न पनि आउला। हामीले फजुल खर्चहरू घटाउने र दातृ निकायलाई श्रोतको सुनिश्चितता गर्न कन्भिन्स गराउन सक्नुपर्छ। 

नेपालले चीन र भारत दुवै मुलुकसँग राम्रो सम्बन्ध कायम गर्न सक्ने अवस्थामा पनि भारतसँगको सीमा विवादको विषय झिकेर त्रासदी थप्ने काम गरेको छ। यसले चीन र भारतसँगको 'भ्यालु चेन'लाई कायम राख्न सक्दैन। चीन र भारत दुवै ठूलो अर्थतन्त्र भएका मुलुक हुनुको फाइदा हामीले लिन सक्नुपर्छ। 

nimb
nimb

तत्कालका लागि अर्थतन्त्रको ‘रिभाइभल’ भन्दा पनि ‘सर्भाइभल’का विषयमा सरकारले सोच्नुपर्छ : विनोद चौधरी, सांसद तथा चौधरी ग्रुपका अध्यक्ष 
सबैभन्दा पहिला मानिसको जीऊधनको सुरक्षा नै हो। तत्कालका लागि स्वास्थ्य सुरक्षासँग सम्बन्धित पूर्वाधारको पर्याप्त व्यवस्था गर्नु नै महत्वपूर्ण कुरा हो। अहिले तत्कालको अवस्थामा मुलुकको अर्थतन्त्रमा ‘रिभाइभल’ भन्दा पनि ‘सर्भाइभल’ का विषयमा सोच्नुपर्छ। प्रोत्साहन (स्टिमुलस) प्याकेज ल्याउने कुरा गर्दा कुन क्षेत्र र व्यवसायले कस्तो खालको राहत प्याकेज चाहन्छन् भनेर छुट्याइनुपर्छ। 

यो काम चाँडोभन्दा चाँडो गरिनुपर्ने हो। तत्कालको अवस्थामा उद्योग धन्दा तथा व्यवसायहरू कसरी बाँचिरहने (सर्भाइभ भइराख्ने) भन्ने हो।  कोरोना कहरको असर कुन व्यवसायमा बढी परेको छ र कुन व्यवसाय यो अवस्थालाई बहन गर्न सक्छ भन्ने सरकारलाई थाहा हुनु जरुरी छ।

अहिले अधिकांश उद्योग व्यवसायको समस्या भनेको कामदार र कर्मचारीलाई काम नभएको अवस्थामा पनि कसरी रोजगार दिइरहने भन्ने हो। केहिले त हामी दिन सक्छौं पनि भनेका छन्। तर कति समयसम्म? 

अर्थतन्त्र पुनरोत्थानका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिने भनिरहँदा मलाई अहिलेकै अवस्थामा कृषिमा कुनै ‘मिराकल’ हुन्छ भन्ने लाग्दैन। तर यो क्षेत्रमा काम गर्न सकिन्छ। अहिले कृषि क्षेत्रको समस्या भनेको यसमा प्रतिस्पर्धा छैन। किसानका उत्पादन बजारमा पुग्न सकेका छैनन्। कृषिको उत्पादन लागत धेरै छ। हो, यी र यस्तै खालका अनेकौं समस्या समाधान गर्नेतर्फ सरकारले सोच्नुपर्छ। 

आर्थिक गतिविधिहरू ठप्प नहुन् भनेर अहिले लकडाउनकै बेला सरकारले उद्योग धन्दा संचालन गर्ने भनेर भनेको छ। तर स्थानीय तहले त्यसका लागि सहकार्य गरेका छैनन्। माथिल्लो निकायबाट निर्णय त भयो, तर निकायमा त्यसको कार्यान्वयन हुन सकेन। 

अर्को भनेको रोजगारको कुरा हो। अहिले विदेशमा रहेका हरेक नेपाली नागरिकलाई नेपाल फर्किन पाउने अधिकार छ। यो विषयमा सरकारले आँखा चिम्लन मिल्दैन। आवश्यक सतर्कता अपनाई नेपाल फर्काएर उनीहरूलाई अर्थतन्त्र र श्रम बजारसँग जोड्न सकिन्छ। प्रविधिको प्रयोगमार्फत उनीहरूलाई ट्र्याक गर्न सकिने विषयमा सरकारले सोचेको छैन।

कोरोना कहरका कारण अहिले लघु, साना तथा मझौला उद्योगहरू निकै प्रभावित भएका छन्। ठूलो उद्योगले उत्पादन गर्ने वस्तुको श्रोत पनि साना र मझौला खालका व्यवसाय हुन्। तर यस क्षेत्रको समस्या के हो भने चीन र भारतजस्तो ठूलो अर्थतन्त्र भएका मुलुकका उत्पादनसँग

हामीले प्रतिस्पर्धा गर्नुपरेको छ। यसकारण यो क्षेत्रलाई प्रतिस्पर्धी बनाउन उनीहरूलाई एक ढिक्कामा जोड्न आवश्यक छ। 

‘तीन महिनाभित्र राहत प्याकेज र एकवर्षभित्र रिकोभरी प्याकेज ल्याइनुपर्छ : फारिस हदाद जेर्भोस, विश्व बैंकका कन्ट्री म्यानेजर 
दक्षिण एसियामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। नेपालमा पनि यो संख्या निरन्तर बढिरहेको छ। अवस्था अझै कति जटिल बन्ने हो भन्ने आँकलन गर्न गाह्रो छ। कोरोना कहरले नेपालको अर्थतन्त्रमा परेको असरलाई कसरी सम्बोधन गर्ने भनेर सरकारले सोचिरहेको होला। विश्व बैंकले गरेको प्रक्षेपणअनुसार अहिले नै नेपालको कुल गार्हस्थ्य उत्पादनमा १ देखि ३ प्रतिशतसम्म असर देखिइसकेको छ। 

कोरोना संक्रमण रोकथामका लागि अबलम्बन गरेको लकडाउनका कारण अर्थतन्त्रका सबै क्षेत्रमा असर परेको छ। लकडाउनका कारण आपूर्ति व्यवस्थापनमा परेको असरका कारण उत्पादन क्षेत्र पनि धराशायी हुने देखिएको छ। वित्तीय संस्थाहरूपनि धराशायी हुने देखिएको छ। विकास निर्माणमा पनि यसको ठूलो असर देखिएको छ।

यस्तो अवस्थामा नेपाल सरकारले पहिलो तीन महिनाभित्र राहत प्याकेज, १२ महिनाभित्र रिकभरी प्याकेज र २ वर्ष भित्रमा बृहत आर्थिक पुनरोत्थानको प्याकेज ल्याउनुपर्छ। अहिल्यै समस्यामा परेका व्यवसायलाई सर्भाइभ गर्नका लागि पनि सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ। बिस्तारै क्षेत्रगत रुपमा अवस्था हेरी राहत ल्याइनुपर्छ। 

संगठित र असंगठित दुवै क्षेत्रका लागि मासिक ६ देखि ७ अर्ब रुपैयाँ बराबरको प्याकेज आवश्यक : डा. शंकर शर्मा, पूर्वउपाध्यक्ष राष्ट्रिय योजना आयोग
कोरोना कहरका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभावका कारण ३० प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखा मुनि जान सक्ने देखिएको छ। अहिले राहत र रोजगारी महत्वपूर्ण कुरा हो। असंगठित क्षेत्रका २० लाख मानिसका लागि मासिक ६ देखि ७ अर्ब रुपैयाँ बराबरको राहत प्याकेज बनाउनु आवश्यक देखिन्छ। त्यो रोजगारीमार्फत होस वा नगद नै दिने नै किन नहोस्। यो उनीहरू बाँच्नका लागि हो। यस्तो राहत प्याकेज बनाउँदा नागरिक समाजका समिति, सबै राजनीति दलको संयुक्त समितिहरू बनाएर अघि बढ्नुपर्छ। त्यस्तै संगठित क्षेत्रका लागि पनि मासिक ६ अर्ब बराबरकै प्याकेज ल्याउँदा त्यसले केहि टेवा पुग्न सक्ने देखिएको छ। 

ठूलो श्रमशक्ति बेरोजगार बनेको छ। यो सरकार, रोजगारदाता र श्रमिक तीनवटैले बसेर टुंगाउनुपर्ने विषय हो। कसरी समस्या समाधान गर्ने भनेर यी तीनवटै पक्षबीच बृहत छलफल गरेर समस्या समाधान गर्न सकिन्छ। कृषि क्षेत्रमा काम गर्ने भनिरहँदा यो क्षेत्रका समस्यालाई हामीले बुझ्नु जरुरी छ। विदेशबाट फर्किएर आउनेहरूलाई कृषिमा आवद्ध गर्ने त भनियो तर उनीहरू सबैसँग कृषियोग्य जमिन नहुन सक्छ। कृषि कामका लागि जमिन भाडामा दिने व्यवस्था अझै लागू हुन सकेको छैन। भूमि बैंकको अवधारणा पनि तत्काल कार्यान्वयन गर्न सकिने देखिँदैन।

साना र मध्यम खालका उद्यमलाई कम्तिमा पनि १ वर्षसम्म टिक्नसक्ने अवस्था बनाइनुपर्छ। उनीहरू यसमा टिक्न नसकेर पलायन हुँदा फेरि फर्केर नआउने समस्या निम्तन सक्छ। अहिले केहि आर्थिक क्रियाकलापलाई सुचारू राख्ने भनेपनि ढुवानी व्यवस्था अस्तव्यस्त हुन थालिसकेको छ। ढुवानी कार्यमा संलग्न कामदारको स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर आपूर्ति व्यवस्थालाई सहज बनाइनुपर्छ।  

विदेशमा रहेका नेपाली कामदारलाई कसरी स्वदेश फर्काउने भन्ने चुनौती छ। यसमा मेरो बुझाइ के हो भने उनीहरूलाई कुटनीतिक पहलमार्फत ल्याइनुपर्छ र फर्केर आइसकेपछि उनीहरूलाई विमानस्थलबाटै ट्र्याक गर्न थाल्नुपर्छ। उनीहरूसँग के सीप छ र के काम गर्न सक्छन् भनेर उनीहरूको क्षमताअनुसारको काम दिइनुपर्छ। उनीहरू मेहनती र श्रम गर्न रुचाउनेमात्र नभई दक्ष र सीपयुक्त जनशक्ति पनि भएका कारण नेपाल फर्काउनु फाइदाजनक पनि हो। 

अहिले बजेट श्रोतको समस्या छ। अहिलेको अवस्थामा दातृ निकायबाट आउने रकम भनेको स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षामा बढी केन्द्रित हुने भएका कारण ती क्षेत्रमा अहिले चलिरहेका कार्यक्रमहरूलाई पुनर्संरचना गरिनुपर्छ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  २२:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्