काठमाडौँ – नेपाली काँग्रेसको आधिकारिकताको दाबी गर्दै गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ ।
आजैमात्र शेरबहादुर देउवा नेतृत्वको काँग्रेस नै आधिकारिकता भएको दाबीसहित पूर्णबहादुर खड्का, डा शेखर कोइरालालगायत नेताहरू आयोग पुगेका थिए ।
उनीहरू फर्किएपछि गगन थापा, विश्व प्रकाश शर्मा सहितका नेताहरू आयोग कार्यालय पुगेका हुन् ।
आयोगले उनीहरूलाई विधि र पद्धतिमार्फत निर्णय आउने बताएको थियो । त्यस्तै बिहीबारमात्रै गगन थापासहितले पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको र विवरण अद्यावधिक गरी पाउँ भन्दै आयोगमा विवरणसहित निवेदन बुझाएको थियो ।
देउवा समूह विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाको हस्ताक्षर फिर्ता गरेको प्रमाण बुझाउन निर्वाचन आयोगमा पुगेको थियो ।
थापा समूह भने महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता गरिएको भन्नु राजनीतिक प्रोपोगाण्डा मात्रै भएको जनाउँदै आयोग कार्यालय घेराउ गर्न पुगेकाे हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।