काठमाडौं- कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै नागार्जुन नगरपालिकाले भोली (शुक्रबार)देखि आफ्नो नगरपालिकाका औषधि पसलबाहेक सबै पसलहरू बन्द गर्ने भएको छ।
नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै उक्त नगरपालिका वडा नम्बर ९ र १० उच्च जोखिममा रहेकाले औषधी पसलबाहेका फलफूल‚ तरकारी‚ खाद्यान्न‚ मासु पसलहरू शुक्रबार बिहान ९ बजेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिने जनाएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।