काठमाडौं- नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भेरी अञ्चल अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पछिल्लो पटक तीन जनामा कोरोना संंक्रमण पाइएको जानकारी मन्त्रालयले दिएको हो।
नयाँ पुष्टि हुनेमा बाँकेको नरैनापुरका ३२ वर्षीय पुरुष एक जना छन् भने सोही जिल्लाको खजुराकी ४३ वर्षीया महिला समेत छन्। यसैगरी कपिलवस्तुको शुद्धोधनका १९ वर्षीय पुरुष पनि संक्रमित पाइएको मन्त्रालयले जानकारी दिएको हो।
बिहीबारै ९ जनामा कोरोना संंक्रमण पुष्टि भएको मन्त्रालयले गरेको थियो। योसँगै हालसम्म नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ४ सय ५७ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।