काठमाडौं- मुलुक भारतमा १ लाख १२ हजार २८ जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत ११औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, ब्राजिल, रुस र अमेरिका छन्।
त्यस्तै, भारतमा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ। भारतमा ४५ हजार ४ सय २२ जना संक्रमणमुक्त भइसकेका छन्।
विश्वभर कोरोना : ४९ लाख ९२ हजार संक्रमित, ३ लाख २७ हजारको मृत्यु
विश्वभर ४९ लाख ९२ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १५ लाख ५० हजार ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, रुसमा ३ लाख ८ हजार ७ सय ५, ब्राजिल २ लाख ९१ हजार ५ सय ७९, बेलायतमा २ लाख ४९ हजार ६ सय १९, स्पेनमा २ लाख ३२ हजार ५ सय ५५, इटालीमा २ लाख २७ हजार ३ सय ६४, फ्रान्समा १ लाख ८१ हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख २७ हजार ६ सय ४२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९३ हजार ४ सय ६ जनाको मृत्यु भएको छ।
त्यस्तै, बेलायतमा ३५ हजार ७ सय ८६, इटालीमा ३२ हजार ३ सय ३०, फ्रान्समा २८ हजार १ सय ३५, स्पेनमा २७ हजार ८ सय ८८, ब्राजिलमा १८ हजार ८ सय ५९, बेल्जियममा ९ हजार १ सय ५० जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ।
विश्वभर १८ लाख ९५ हजार ८ सय ३४ जना कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक २ लाख ९४ हजार ३ सय १२ छ।
त्यस्तै, जर्मनीमा १ लाख ५६ हजार ९ सय ६६, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख २ सय ८२, ब्राजिलमा १ लाख १६ हजार ७ सय ८३ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तीमध्ये २ जनाको मृत्यु भइसकेको छ।
बुधबार नै थप ८ जना संक्रमणमुक्त भएसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ४५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।