काठमाडौं- विश्वभर ४९ लाख ९२ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १५ लाख ५० हजार ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, रुसमा ३ लाख ८ हजार ७ सय ५, ब्राजिल २ लाख ९१ हजार ५ सय ७९, बेलायतमा २ लाख ४९ हजार ६ सय १९, स्पेनमा २ लाख ३२ हजार ५ सय ५५, इटालीमा २ लाख २७ हजार ३ सय ६४, फ्रान्समा १ लाख ८१ हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
छिमेकी मुलुक भारतमा १ लाख १२ हजार २८ जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत ११औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, ब्राजिल, रुस र अमेरिका छन्।
विश्वभर ३ लाख २७ हजार ६ सय ४२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९३ हजार ४ सय ६ जनाको मृत्यु भएको छ।
त्यस्तै, बेलायतमा ३५ हजार ७ सय ८६, इटालीमा ३२ हजार ३ सय ३०, फ्रान्समा २८ हजार १ सय ३५, स्पेनमा २७ हजार ८ सय ८८, ब्राजिलमा १८ हजार ८ सय ५९, बेल्जियममा ९ हजार १ सय ५० जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ।
भारतमा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ।
विश्वभर १८ लाख ९५ हजार ८ सय ३४ जना कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक २ लाख ९४ हजार ३ सय १२ छ।
त्यस्तै, जर्मनीमा १ लाख ५६ हजार ९ सय ६६, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख २ सय ८२, ब्राजिलमा १ लाख १६ हजार ७ सय ८३ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।
भारतमा ४५ हजार ४ सय २२ जना संक्रमणमुक्त भइसकेका छन्।
नेपालमा पनि ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तीमध्ये २ जनाको मृत्यु भइसकेको छ।
बुधबार नै थप ८ जना संक्रमणमुक्त भएसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ४५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।