काठमाडौं- बुधबार बसेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ मसान्तसम्म आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय गरेको छ। समितिले यसअघि जेठ १८ सम्म उडानमा रोक लगाउने निर्णय गरेको हो। थप १२ दिन थपेर समितिले जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकर महानिर्देशक राजन पाेखरेलका अनुसार जुन १४ सम्म आन्तरिक र बाह्य उडाज बन्द गर्ने जानकारी आएको बताए।
यसबाहेक विदेशबाट नेपाली फर्काउने विषयमा तयार भएकाे कार्य याेजनामा छलफल भएकाे तर निर्णय हुन बाँकी रहेकाे बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।