काठमाडौं- थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो। बुधबार थप भएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन्।
नयाँ संक्रमितहरुमध्ये बाँकेमा मात्रै ६ जना छन्। ती सबै पुरुष हुन्। बाँकेको नरैनापुरमा मात्रै थप ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। नरैनापुर-५ का १७, २०, २८, ३०, ४० पुरुषमा संक्रमण पुष्टि भएको मिडिया ब्रिफिङमा बताइएको छ। त्यस्तै, बाँकेकै खजुरा-५ का २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
धनकुटामा पनि ५ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष हुन्। त्यस्तै, २४ वर्षीया एक महिलामा पनि संक्रमण पुष्टि भएको छ। उनीहरु धनकुटामा नै बस्दै आएका बताइएको छ।
कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १२, २०, २२, २४, ३४, ३४ र ४८ वर्षका पुरुष छन्। त्यस्तै, १६, २५ र ३२ वर्षीया महिला छन्। साथै, ३, ४ र ६ वर्षका बालबालिका छन्।
नवलपरासी पश्चिममा थप एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ। उनी २६ वर्षका छन्।
जम्मा संक्रमित ४ सय २७ मध्ये पुरुष ३ सय ५८ र महिला ६९ छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।