• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन आवश्यक छ?

64x64
दुर्गा दुलाल मंगलबार, जेठ ६, २०७७  २१:३२
1140x725

काठमाडौं- दार्चुला जिल्लाअन्तर्गत लिपुलेक र कालापानी र लिम्पियाधुरासमेत समेटेर भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव गरेको नयाँ नक्सा मन्त्रिपरिषद्बा‍ट अनुमोदन गरेको छ। यो नक्सा छिटै प्रकाशित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको दुवै सदनमा जानकारी पनि गराइसकेका छन्।

पछिल्लो समय संसदीय समिति, सडक र राष्ट्रिय अन्तराष्ट्रिय रूपमा यो नक्सा जारी हुनुपर्ने आवाज उठिरहेको बेलामा मन्त्रिपरिषदले यस्तो कमद चालेको हो। सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिले नेपालको भाग रहेको उल्लेख गरेको तर विगत लामो समयदेखि नेपालको नक्सामा छुटेको उक्त भाग समेटेर नयाँ नक्सा जारी भएपछि पुराना नक्साको विस्थापनबारे बहस सुरु भएको छ। 

नेपालको संविधानको अनुसूची-३ मा रहेको निशाना छापमा के हुने भन्ने बहस पेचिलो बन्दै गएको छ। संविधानसभाबाट जारी भएको संविधानको अन्य कुनै पनि धारा र उपधारामा नक्साको बारेमा बोलेको छैन। नेपालको भूभाग यति हुने भनेर कतै पनि किटान गरिएको छैन। संविधानको धारा ४ को उपधारा (क) र (ख) मा नेपालको संविधान जारी हुँदाका बखत भएको र  जारी भएपछि प्राप्त हुने क्षेत्र नेपाल राज्य हुने भन्ने विषय मात्र उल्लेख छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै संघीय संसद्को‍ प्रतिनिधिसभा र राष्ट्रियसभामा अनुसूची-३ लाई किटानै गरी संशोधन गर्नुपर्ने तर्क अघि सारे। प्रधानमन्त्रीले संविधान संशोधनमार्फत् निशाना छापमा प्रयोग भएको गलत नक्साका कारण संशोधन गर्न परेको र छिटै संशोधन दर्ता हुने जानकारी सदनमा गराए। संविधान संशोधनका विषयमा पनि संवैधानिक काननुका जानकारहरुको फरकफरक मत रहेका छन्। 

कहाँ छ संविधानमा नक्साको व्यवस्था?
संविधानसभाबाट जारी भएको नेपालको संविधानमा नक्साबारेमा कुनै पनि धारा र अनुसूचीमा व्यवस्था छैन। संविधानको धारा ४ ले नेपालको क्षेत्र जनाउने देखिन्छ। अनुसूची ३ मा नेपालको नक्सा निशान छापमा राखिएको छ। सरकारले यही व्यवस्थाका कारण संशोधन गर्नुपर्ने तर्क प्रधानमन्त्री ओलीले सदनमा पेश गरेका छन्। 

संविधानको अनुसूची ३ मा नेपालको निशाना छाप उल्लेख छ। निशाना छापभित्र नेपालको नक्सा राखिएको छ। उक्त नक्सा पनि त्रुटीपूर्ण छ। नक्सामा लिम्पियाधुरातर्फको चुच्चो समावेश छैन। अनुसूची ३ को द्रष्टव्यमा यो छाप आवश्यकताअनुसार ठूलो वा सानो आकारको बनाउन सकिने र त्यसमा नेपाल सरकारबाट निर्धारित रंगको प्रयोग हुने उल्लेख छ।  

के भन्छन् संवैधानिक कानुनविद्?
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सरकारको तर्कसँग सहमत छन्। ‘निशान छापमा भएको कुरा संविधानले लेखिएको कुरा हो। यो अन्यत्र प्रमाण लाग्छ,’ अधिकारीले भने, ‘मूल संविधानमा एउटा नक्सा अन्यमा अर्को हुन सक्दैन।’ 

तर संवैधानिक कानुनका जानकार तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले भने निशान छापकै लागि संविधान संशोधन आवश्यक नहुने तर्क गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

धारा ४ मा भएको नेपाल राज्यमा संविधान प्राप्त भएपछिको क्षेत्र भनेर सुगौली सन्धिदेखिको नेपाल कल्पना गरिसकेकाले अब संशोधन गर्नुपर्ने अवस्था नभएको उनको तर्क छ। तर अनुसूची ३ मा राखिएको नक्सा संशोधनका लागि सबै दलबीच सहमति भएमा गर्ने नहुने भन्ने नहुने उनको भनाई छ। संविधान संशोधन गर्ने र कानुनी बनाउने निकाय सार्वभौम संसद् भएकाले उसले नेपालको भूभागप्रति हामी एक छौँ भन्ने सन्देश दिनका लागि पनि संशोधन गर्न सक्ने बताए।

वरिष्ठ अधिवक्ता विपिन अधिकारीको पनि नक्सा लागू गर्न संविधान संशोधन गर्न नपर्ने तर्क छ। ‘संविधानमा नक्साको प्रयोजनका लागि भन्दा पनि प्रतीकको रूपमा राखिएकाले संविधानको नक्सा भनेर उल्लेख गर्नपर्ने वा त्यसका लागि संविधान संशोधन गर्न पर्ने जरुरी छैन,’ उनले भने, ‘हामी त्यो उद्देश्यले राखेको होइन। गुराँस छ अब त्यसको आकार फेर्न पर्छ भन्ने छैन।’ यो संसारभरिको प्रचलन पनि भएको उनको तर्क छ। ‘यो प्रतीकका रूपमा राखिएको हो, यो कुनै ठूलो मुद्दा होइनजस्तो लाग्छ,’ अधिकारीले भने। 

संवैधानिक कानुका विज्ञ भीमार्जुन आचार्यले पनि निसान छापकै लागि संविधान संशोधनको आवश्यकता नहुने बताए। ‘देशका लागि नै संविधान लेखिने हुँदा देशको अखण्डता र सार्वभौमिकता रक्षार्थ गरिने कुनै पनि काममा संविधान बाधक हुने भन्ने कुरै रहँदैन।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल बार एसोसिएसनका महासचिव सुनिलकुमार पोखरेलको अलि फरक राय छ। नक्सा जारी गर्न संविधान बाधक नभएको तर निशान छाप हटाउन संशोधन गर्दा फरक नपर्ने उनको तर्क छ। तर देशको मिचिएको भूमि समेटेर नक्सा सार्वजनिक गर्न हुँदैन भनेर संविधानले कतै पनि नभनेको उनको तर्क छ। अनुसूची ३ को हकमा सबै राजनीतिक दल एकमत भएकाले संशोधन गरेर सबै एकमत रहेको संन्देश दिन सकिने उनको तर्क छ।

भारतले गत नोभेम्बरमा नेपाल र पाकिस्तानका समेत क्षेत्र समेट्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। यसपछि नेपालको नक्साबारेमा बहस शुरु भएको थियो। सरकारले प्रयोग गरेको नक्सा त्रुटिपूर्ण रहेको भन्दै समाचार सम्प्रेषण भएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खोजी शुरु गरेको थियो। यसरी खोजी गर्दा गलत नक्सा सिंहदरबारदेखि सबै क्षेत्रमा प्रयोग भएको पाइएको थियो। 

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले त संसदीय समितिमा एकपटक गुगलबाट डाउनलोड गरेर प्रयोग गर्दा गल्ती भएको तर्क पेस गरेकी थिइन्। उनले नापी विभाग र अन्य प्राविधिक टिम बनाएर आधिकारिक नक्सा बनाउने काम गरेकी थिइन्। 

मन्त्री अर्यालको यही कदमले सिंहदरबारका कोठाकोठाबाट लिपुलेक र कालापानी पनि नभएको नक्सा हटाइएको थियो। लिपुलेक र कालापानीसमेत समावेश नभएका नक्सा प्रधानमन्त्री, मन्त्रीहरूको कार्यालय, संसद् भवनलगायत कार्यालयमा टाँगिएका थिए। तर सोमबार मन्त्रिपरिषदले अनुमोदन गरेको नयाँ नक्सामा भने यी क्षेत्र समावेश भएको सरकारले बताएको छ। तर सार्वजनिक भने गरिएको छैन।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्