• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन आवश्यक छ?

64x64
दुर्गा दुलाल मंगलबार, जेठ ६, २०७७  २१:३२
1140x725

काठमाडौं- दार्चुला जिल्लाअन्तर्गत लिपुलेक र कालापानी र लिम्पियाधुरासमेत समेटेर भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव गरेको नयाँ नक्सा मन्त्रिपरिषद्बा‍ट अनुमोदन गरेको छ। यो नक्सा छिटै प्रकाशित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको दुवै सदनमा जानकारी पनि गराइसकेका छन्।

पछिल्लो समय संसदीय समिति, सडक र राष्ट्रिय अन्तराष्ट्रिय रूपमा यो नक्सा जारी हुनुपर्ने आवाज उठिरहेको बेलामा मन्त्रिपरिषदले यस्तो कमद चालेको हो। सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिले नेपालको भाग रहेको उल्लेख गरेको तर विगत लामो समयदेखि नेपालको नक्सामा छुटेको उक्त भाग समेटेर नयाँ नक्सा जारी भएपछि पुराना नक्साको विस्थापनबारे बहस सुरु भएको छ। 

नेपालको संविधानको अनुसूची-३ मा रहेको निशाना छापमा के हुने भन्ने बहस पेचिलो बन्दै गएको छ। संविधानसभाबाट जारी भएको संविधानको अन्य कुनै पनि धारा र उपधारामा नक्साको बारेमा बोलेको छैन। नेपालको भूभाग यति हुने भनेर कतै पनि किटान गरिएको छैन। संविधानको धारा ४ को उपधारा (क) र (ख) मा नेपालको संविधान जारी हुँदाका बखत भएको र  जारी भएपछि प्राप्त हुने क्षेत्र नेपाल राज्य हुने भन्ने विषय मात्र उल्लेख छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै संघीय संसद्को‍ प्रतिनिधिसभा र राष्ट्रियसभामा अनुसूची-३ लाई किटानै गरी संशोधन गर्नुपर्ने तर्क अघि सारे। प्रधानमन्त्रीले संविधान संशोधनमार्फत् निशाना छापमा प्रयोग भएको गलत नक्साका कारण संशोधन गर्न परेको र छिटै संशोधन दर्ता हुने जानकारी सदनमा गराए। संविधान संशोधनका विषयमा पनि संवैधानिक काननुका जानकारहरुको फरकफरक मत रहेका छन्। 

कहाँ छ संविधानमा नक्साको व्यवस्था?
संविधानसभाबाट जारी भएको नेपालको संविधानमा नक्साबारेमा कुनै पनि धारा र अनुसूचीमा व्यवस्था छैन। संविधानको धारा ४ ले नेपालको क्षेत्र जनाउने देखिन्छ। अनुसूची ३ मा नेपालको नक्सा निशान छापमा राखिएको छ। सरकारले यही व्यवस्थाका कारण संशोधन गर्नुपर्ने तर्क प्रधानमन्त्री ओलीले सदनमा पेश गरेका छन्। 

संविधानको अनुसूची ३ मा नेपालको निशाना छाप उल्लेख छ। निशाना छापभित्र नेपालको नक्सा राखिएको छ। उक्त नक्सा पनि त्रुटीपूर्ण छ। नक्सामा लिम्पियाधुरातर्फको चुच्चो समावेश छैन। अनुसूची ३ को द्रष्टव्यमा यो छाप आवश्यकताअनुसार ठूलो वा सानो आकारको बनाउन सकिने र त्यसमा नेपाल सरकारबाट निर्धारित रंगको प्रयोग हुने उल्लेख छ।  

के भन्छन् संवैधानिक कानुनविद्?
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सरकारको तर्कसँग सहमत छन्। ‘निशान छापमा भएको कुरा संविधानले लेखिएको कुरा हो। यो अन्यत्र प्रमाण लाग्छ,’ अधिकारीले भने, ‘मूल संविधानमा एउटा नक्सा अन्यमा अर्को हुन सक्दैन।’ 

तर संवैधानिक कानुनका जानकार तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले भने निशान छापकै लागि संविधान संशोधन आवश्यक नहुने तर्क गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

धारा ४ मा भएको नेपाल राज्यमा संविधान प्राप्त भएपछिको क्षेत्र भनेर सुगौली सन्धिदेखिको नेपाल कल्पना गरिसकेकाले अब संशोधन गर्नुपर्ने अवस्था नभएको उनको तर्क छ। तर अनुसूची ३ मा राखिएको नक्सा संशोधनका लागि सबै दलबीच सहमति भएमा गर्ने नहुने भन्ने नहुने उनको भनाई छ। संविधान संशोधन गर्ने र कानुनी बनाउने निकाय सार्वभौम संसद् भएकाले उसले नेपालको भूभागप्रति हामी एक छौँ भन्ने सन्देश दिनका लागि पनि संशोधन गर्न सक्ने बताए।

वरिष्ठ अधिवक्ता विपिन अधिकारीको पनि नक्सा लागू गर्न संविधान संशोधन गर्न नपर्ने तर्क छ। ‘संविधानमा नक्साको प्रयोजनका लागि भन्दा पनि प्रतीकको रूपमा राखिएकाले संविधानको नक्सा भनेर उल्लेख गर्नपर्ने वा त्यसका लागि संविधान संशोधन गर्न पर्ने जरुरी छैन,’ उनले भने, ‘हामी त्यो उद्देश्यले राखेको होइन। गुराँस छ अब त्यसको आकार फेर्न पर्छ भन्ने छैन।’ यो संसारभरिको प्रचलन पनि भएको उनको तर्क छ। ‘यो प्रतीकका रूपमा राखिएको हो, यो कुनै ठूलो मुद्दा होइनजस्तो लाग्छ,’ अधिकारीले भने। 

संवैधानिक कानुका विज्ञ भीमार्जुन आचार्यले पनि निसान छापकै लागि संविधान संशोधनको आवश्यकता नहुने बताए। ‘देशका लागि नै संविधान लेखिने हुँदा देशको अखण्डता र सार्वभौमिकता रक्षार्थ गरिने कुनै पनि काममा संविधान बाधक हुने भन्ने कुरै रहँदैन।’ 

नेपाल बार एसोसिएसनका महासचिव सुनिलकुमार पोखरेलको अलि फरक राय छ। नक्सा जारी गर्न संविधान बाधक नभएको तर निशान छाप हटाउन संशोधन गर्दा फरक नपर्ने उनको तर्क छ। तर देशको मिचिएको भूमि समेटेर नक्सा सार्वजनिक गर्न हुँदैन भनेर संविधानले कतै पनि नभनेको उनको तर्क छ। अनुसूची ३ को हकमा सबै राजनीतिक दल एकमत भएकाले संशोधन गरेर सबै एकमत रहेको संन्देश दिन सकिने उनको तर्क छ।

भारतले गत नोभेम्बरमा नेपाल र पाकिस्तानका समेत क्षेत्र समेट्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। यसपछि नेपालको नक्साबारेमा बहस शुरु भएको थियो। सरकारले प्रयोग गरेको नक्सा त्रुटिपूर्ण रहेको भन्दै समाचार सम्प्रेषण भएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खोजी शुरु गरेको थियो। यसरी खोजी गर्दा गलत नक्सा सिंहदरबारदेखि सबै क्षेत्रमा प्रयोग भएको पाइएको थियो। 

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले त संसदीय समितिमा एकपटक गुगलबाट डाउनलोड गरेर प्रयोग गर्दा गल्ती भएको तर्क पेस गरेकी थिइन्। उनले नापी विभाग र अन्य प्राविधिक टिम बनाएर आधिकारिक नक्सा बनाउने काम गरेकी थिइन्। 

मन्त्री अर्यालको यही कदमले सिंहदरबारका कोठाकोठाबाट लिपुलेक र कालापानी पनि नभएको नक्सा हटाइएको थियो। लिपुलेक र कालापानीसमेत समावेश नभएका नक्सा प्रधानमन्त्री, मन्त्रीहरूको कार्यालय, संसद् भवनलगायत कार्यालयमा टाँगिएका थिए। तर सोमबार मन्त्रिपरिषदले अनुमोदन गरेको नयाँ नक्सामा भने यी क्षेत्र समावेश भएको सरकारले बताएको छ। तर सार्वजनिक भने गरिएको छैन।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगर... मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई ह... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्