हेटौँडा– प्रदेश ३ मा ५ हजार ८ सय ६९ विपन्न बालबालिकाले जनप्रतिनिधिलाई अविभावक बनाउन पाउने भएका छन्।
मुख्यमन्त्री डोरमणि पौडेलले भर्ना अभियान सफल बनाउन सबै जनप्रतिनिधिलाई यस्तो निर्देशन दिएका हुन्। शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी उनले प्रदेश ३ का सबै जननिर्वाचित प्रतिनिधिले कम्तीमा एक जना विद्यालय जाने उमेर भएका तर पारिवारिक समस्याको कारण जान नसकेका विद्यार्थीहरुको अविभावक हुन निर्देशन दिएका हुन्।
प्रदेश ३ का तीन महानगरपालिका, एक उपमहानगरपालिका, ४२ नगरपालिका र ७३ वटा गाउँपालिकाका १ हजार १ सय ३२ वडाबाट निर्वाचित जनप्रतिनिधिले एक÷एक जना बच्चाको अविभाकत्व ग्रहण गर्दा धेरै बालबालिका शिक्षित हुने मुख्यमन्त्री पौडेलले बताए।
मुख्यमन्त्री पौडेलले आफू पनि विद्यार्थीको अविभावक बन्दै विद्यार्थीलाई भर्ना गर्ने जानकारी दिए। उनले मकवानपुरको मनहरि गाउँपालिकामा आफूले जिम्मेवारी लिने बच्चाको खोजी गरिरहेको बताए। साथै सबै जनप्रतिनिधिले बच्चाका लागि ५ वर्षसम्म अविभाभकको भूमिका निभाउने र सम्पूर्ण खर्च व्यहोर्ने जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।