• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'वैदेशिक रोजगारी गुमाएर ६ लाख युवा स्वदेश फर्कन्छन्'

64x64
निर्मला घिमिरे सोमबार, जेठ ५, २०७७  २०:१५
1140x725

काठमाडौं- वैदेशिक रोजगारीमा गएका ६ लाख श्रमिकहरु रोजगारी गुमाएर फर्किने अवस्था रहेको एक अध्ययनले देखाएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको एक अध्ययनले वैदेशिक रोजगारीमा गएका ६ लाख श्रमिकहरु रोजगारी गुमाएर फर्किने आँकलन गरेको हो। 

नेपालीको प्रमुख श्रम गन्तव्य पेट्रोलियम उत्पादनमा आधारित अर्थतन्त्र भएका खाडी मुलुकहरू र मलेसिया नै हुन्। यी देशहरु पेट्रोलियम पदार्थको मूल्यमा भएको ऐतिहासिक गिरावट र कोरोना कहरले गहिरो आर्थिक संकटतर्फ धकेलिँदै छन् । पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसँगै ती मुलुकमा आर्थिक संकट बढ्ने हुँदा ठूलो संख्यामा नेपाली श्रमिकहरुले रोजगारी गुमाउने अवस्था सिर्जना भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ बताउँछन्। 

कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई वा विभिन्न कारणले उद्दार गर्नुपर्ने श्रमिकको संख्या ५ देखि ६ लाख रहने संघको अध्ययनले देखाएको छ। नेपालबाट ठूलो संख्यामा अदक्ष कामदारहरु गएका छन्। कोरोनाका कारण कम्पनी, उद्योग, कल कारखाना, व्यापारिक प्रतिष्ठान, हाटेल–रेष्टुरेण्ट बन्द हुँदा यिनै अदक्ष कामदार सबैभन्दा बढी प्रभावित हुनेछन्। 

भिसा अवधि समाप्त भए पनि विदेशमा बसी काम गरिरहेका, गैरकानुनी रूपमा विदेश गएका वा कागजातविहीन थुप्रै नेपाली कामदारलाई गन्तव्य मुलुकहरुले नेपाल फर्काउने तयारी थालिसकेका छन्। 

युरोपको रोजगारी पनि गुम्ने 
पर्यटन क्षेत्रमा परेको नकारात्मक असरले मौरिसस्, माल्दिभ्स, युरोपलगायत विश्वका विभिन्न देशका होटल रेस्टुरेन्टलगायत आतिथ्य सेवामा कार्यरत नेपालीको रोजगारी गुम्ने जोखिम बढेको छ। मुख्य श्रम गन्तव्य मुलुकमा मात्रै रोजगारी गुमाउनेको संख्या लाखौंमा पुग्ने प्रारम्भिक आंकलन छ।

संघले कोरोनाका कारण कुन देशमा कति रोजगारी गुम्न सक्छ भनेर केही प्रमुख गन्तव्य मुलुकमा गुम्न सक्ने रोजगारीका सम्बन्धमा छुट्टाछुट्टै विवरण सार्वजनिक गरेको छ।

यूएई
यूएईको अर्थतन्त्र तेलमा मात्र आधारित नभएको र त्यहाँको अर्थतन्त्रमा सेवा क्षेत्रको ठूलो योगदान रहेकाले सन् २०२१ मा यूएईको आर्थिक वृद्धिदर ३ प्रतिशत हुने प्रक्षेपण गरिएको थियो। नेपाली कामदारले रोजगारी पाइरहेका होटल, रेष्टुरेन्ट, सुरक्षा गार्ड, मल तथा अन्य सेवा क्षेत्रको व्यापार राम्रो रहेकाले प्रक्षेपण गरिएअनुसारको वृद्धिदर कायम रहेमा यूएईबाट भित्रिने विप्रेषणले निरन्तरता पाउने अवस्था रहेकोमा कोरोना भाइरस माहामारीको कारणले यो सम्भावना अन्त्य भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रकोपका कारण निजी क्षेत्र धराशायी हुने वातावरण देखिए पनि त्यहाँको सरकारले कस्तो रणनीति अपनाउँछ भन्ने विषयले पनि रोजगारीमा असर गर्ने देखिएको छ। कोरोना महामारीका कारणले होटल, रेष्टुरेन्ट, सुरक्षा गार्ड, मल तथा अन्य सेवा क्षेत्र नराम्ररी प्रभावित भएकाले यूएईमा कार्यरत करीब ३० प्रतिशत कामदारहरुले रोजगारी गुमाउने देखिएको छ।

साउदी अरेविया
तेलमा आधारित अर्थतन्त्र भएको साउदी अरेविया कोरोनाको महामारी र पेट्रोलियम पर्दाथमा आएको मूल्यको गिरावटले गहिरो आर्थिक संकटतर्फ धकेलिँदैछ। कोरोना (कोभिड–१९) भाइरसका कारणले विश्व अर्थतन्त्रमा आएको सुस्तता र तेलको मूल्यमा आएको गिरावटले साउदी नागरिकलाई रोजगारीमा प्राथमिकता दिने नीति त्यहाँको सरकारले लिएको छ।

सरकारले अघि नै साउदी कम्पनीहरुले रोजगारीमा साउदी नागरिकलाई रोजगारी प्रोत्साहन गर्नुपर्ने र दश जनाभन्दा बढी कामदार रहेको प्रतिष्ठानमा निश्चित प्रतिशत साउदी नागरिक हुनुपर्ने व्यवस्था गरेको छ। यसबाट साउदीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आई विप्रेषण आप्रवाहमा समेत प्रतिकुल प्रभाव पर्ने सम्भावना देखा परेको छ। साउदी अरेवियामा कार्यरत करीब २० प्रतिशत आप्रवासी कामदारहरुले रोजगारी गुमाउने देखिएको छ।

कतार
कतारले पेट्रोलियम निर्यातमा निर्भरता कम गर्दै व्यापार, पर्यटन र निर्माण क्षेत्रतर्फ आफ्नो अर्थव्यवस्थालाई क्रमशः विविधीकरण गर्दै लगेको छ। सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको तयारीका लागि कतारको निर्माण क्षेत्रमा उच्च वृद्धि कायमै रहेपनि अन्य सेवा क्षेत्र सुस्ताउने देखिन्छ। विश्व बैंकका अनुसार सन् २०१९ मा कतारको अर्थतन्त्र २ प्रतिशतले वृद्धि हुने र मध्यम अवधिमा ३ प्रतिशतभन्दा बढीले वृद्धि हुने प्रक्षेपण गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसले रोजगारीको आशा बढाएको थियो। तर परिस्थिती बदलिएको छ। पेट्रोलियम पर्दाथको मूल्य गिरावट र कोभिड- १९ को महामारीका कारणले पर्यटन व्यवसाय बन्दको अवस्थामा छ। जसका कारण कतारमा पनि करीब २० प्रतिशत आप्रवासी कामदारहरुले रोजगारी गुमाउने देखिएको छ।

कुवेत 
कुवेतमा झन्डै ८० हजार नेपाली कार्यरत छन्। यसमध्ये १२ देखि १५ हजार गैरकानुनी कामदार रहेको अनुमान गरिएको छ। घरेलु महिला कामदार सबैभन्दा बढी गैरकानुनी रुपमा रहेका छन्। कोभिड- १९ को रोकथाम गर्न भनी झन्डै ३ महिनादेखि लकडाउन गरेको कुवेतले गैरकानुनी कामदार फिर्ता गर्ने नीति लिएकाले कुवेतमा पनि करीब २० प्रतिशतले रोजगारी गुमाउने देखिन्छ।

ओमन
ओमनको अर्थतन्त्र तेलमा निर्भर भएकोले कोरोनाको महामारी र तेलको मूल्यमा आएको  गिरावटले ओमन पनि गहिरो आर्थिक संकटतर्फ धकेलिँदैछ। ओमन सरकारले अर्थतन्त्रलाई सहयोग पुर्‍याउन नगरपालिकाको कर, सरकारी शुल्क र औद्योगिक क्षेत्रका कम्पनीहरूका लागि भाडा भुक्तान आउदो ३ महिनाको लागि स्थगित गरेको छ। ओमनमा झन्डै १७ हजार ५ सय नेपाली कामदारहरु तेल, ग्यास, निर्माण र सेवा क्षेत्रमा कार्यरत छन्। ओमनमा घरेलु महिला कामदार सबैभन्दा धेरै गैरकानुनी रुपमा रहेका छन्। ओमनमा कार्यरत करीब १० प्रतिशतले रोजगारी गुमाउने देखिन्छ।

बहराइन
जिसिसी राष्ट्रहरुमध्ये आकर्षक गन्तव्य बहराइनको मुख्य आयस्रोत पर्यटन हो। बहराइनमा मुख्यतः सेवा क्षेत्रहरु, होटल र रेस्टुरेन्टमा नेपाली कामदारहरु कार्यरत छन्। खाडी राष्ट्रहरुमा सबैभन्दा धेरै कोरोना भाइरसबाट प्रभावित मुलुकमध्ये बहराइन पनि एक हो र सबैभन्दा धेरै बेतलबी बिदामा बस्ने कामदारहरु पनि बहराइनमा छन्। बहराइनमा करीब १२ प्रतिशतले रोजगार गुमाउने आँकलन गरिएको छ।

मलेसिया
मलेसियाको अर्थतन्त्र कृषि, पयर्टन र औद्योगिक उत्पादनमा निर्भर छ। मलेसियाका उद्योगहरु निर्यातमा निर्भर रहेका र विश्वमा आउने आर्थिक मन्दिको कारणले माग घट्न गई धेरै उद्योगहरु बन्द हुने अवस्था देखिएकोले मलेसियामा धेरै रोजगारी गुम्ने संभावना छ। मलेसियामा पयर्टन तथा सेवा क्षेत्रमा तत्काल रोजगारी सिर्जना नभए पनि स्वास्थ्य उपचारमा प्रयोग हुने यन्त्र उपकरण, मास्क, पञ्जा र अन्य चिकित्सा उपकरण उत्पादन गर्ने उद्योगहरु र खाद्यान्न उत्पादन जारी रहेकाले नेपालीहरुले रोजगारी गुमाउने संभावना खाडी मुलुकभन्दा न्यून रहने आँकलन गरिएको छ। 

वैदेशिक रोजगारीको खोजीमा नेपाली श्रमिकहरु विश्वका १ सय ८० भन्दा बढी मुलुकमा पुगेका छन्। तीमध्ये खाडी, मलेसिया, दक्षिण कोरिया, जापानलगायत मुलुकहरु नेपाली श्रमिकहरुका लागि प्रमुख आकर्षक गन्तव्य मुलुक बन्दै आएका छन्। यी मुलुकहरुले वैदेशिक रोजगारीको दुई तिहाईभन्दा बढी हिस्सा ओगटेका छन्। तर पछिल्लो समय विश्वमा महामारीका रुपमा फैलिएको कोभिड- १९ (कोरोना भाइरस) का कारण विश्वभरी निम्तिएको आर्थिक संकटले रोजगारी पनि संकुचित बनेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विशेषगरी कतार, साउदी अरब, यूएई, कुवेतमा अर्थतन्त्रको वृद्धिदर नकारात्मक (३.९५) हुने प्रक्षेपण गरेको छ।

त्यस्तै मलेसियाको अर्थतन्त्र पयर्टन र औद्योगिक उत्पादनमा निर्भर रहेकाले अर्थतन्त्रको वृद्धिदर खाडी राष्ट्रभन्दा कम नकारात्मक (१.७) हुने प्रक्षेपण गरेको छ।

सुस्त पर्यटन गतिविधी र औद्योगिक उत्पादनमा कमीको कारणले मलेसियाको अर्थतन्त्र पनि धर्मराइरहेको छ। अर्थतन्त्रमा आएको मन्दीका कारण विश्वका अन्य मुलुकहरुमा पनि रोजगारीको अवसर खुम्चदै गइरहेका छन्। संसारभरिकै सामाजिक तथा आर्थिक गतिविधिका अतिरिक्त मानव आवागमन समेत ठप्प भएको अवस्था छ। परिणामस्वरुप कतिपय कम्पनीहरू बन्दको अवस्थामा पुगेका, कतिपयले रोजगार कटौती गरेका छन् भने कतिपयले श्रमिकलाई बेतलबी बिदा निती लागू गरेका छन्।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्