काठमाडौं- बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीले आफूमाथि दुर्व्यवहार भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन्।
काठमाडौं आउने क्रममा आफूमाथि नागढुंगामा दुव्यर्वहार भएको भन्दै उनले युवक उत्तम कार्कीविरुद्ध जाहेरी दिएका हुन्। जाहेरी आएको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर प्रमुख श्यामलाल ज्ञवालीले युवक उत्तम कार्कीमाथि अनुसन्धान सुरु गरिएको बताए।
शुक्रबार अत्यावश्यक कामले काठमाडौं आउँदा उनीमाथि नागढुंगामा दुर्व्यवहार भएको थियो । दुर्व्यवहार गरेको आरोपमा आइतबार युवक कार्कीलाई प्रहरीले पक्राउ गसिकेको छ।
पक्राउ परेका कार्कीमाथि अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिने काम सुरु भएको छ। म्याद थपका लागि अहिले उनलाई जिल्ला प्रशासन कार्यालय लगिएको ज्ञवालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।