काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगागी बैसाख ८ हुने १२ औँ साधारणसभाको निर्वाचनका लागि विष्णुहरि पाण्डेको समूहले उम्मेदवारी घोषणा गरेको छ।
पाण्डेले इक्यानलाई व्यावसायिक, मर्यादित र सबैको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। समूहको उपाध्यक्षमा देवीदास भट्टराई, खड्ग ताम्लिङ लिम्बू र सपना भण्डारी, महासचिवमा शेषराज भट्टराई, सचिवमा श्यामबहादुर कँडेल र दीपकराज भुसाल, कोषाध्यक्षमा गोविन्द अधिकारी तथा सहकोषाध्यक्षमा निरुपमा महर्जनले उम्मेदवार दाबी गरेका छन्।
यसअघि सरोज बस्नेत समूहले नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेको थियो।
निर्वाचनमा ३७७ जनाले मतदान गर्नेछन्। इक्यानमा पाँच जिल्ला शाखासहित करिब ५ सय परामर्श संस्था आबद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।