• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको संशोधन प्रस्ताव: नीति तथा कार्यक्रम सबै पुनर्लेखन हुनुपर्छ

64x64
नेपाल लाइभ आइतबार, जेठ ४, २०७७  ०८:०९
1140x725

काठमाडौं– नेपाली कांग्रेसले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति विमति राख्दै सम्पूर्ण कार्यक्रम पुनर्लेखनको माग गरेको छ।

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा २७६ बुँदा छन्। ६३ पृष्ठको नीति तथा कार्यक्रम सबै पुर्नलेखन हुनुपर्ने मागसहित कांग्रेसले संसदमा संशोधन प्रस्ताव दर्ता गराएको छ।

कोरोना संक्रमणले ल्याएको विपतिका सन्दर्भमा नीति तथा कार्यक्रम मौन रहेकाले संसोधनको प्रस्ताव दर्ता गरेको कांग्रेसले जनाएको छ। शनिबार कांग्रेसका सांसदत्रय डा मिनेन्द्र रिजाल, पुष्पा भुसाल र सञ्जय गौतमले संशोधन प्रस्ताव संसदमा दर्ता गराएका छन्।

चालु आर्थिक वर्षको बजेटको अर्ध वार्षिक समीक्षामै प्रष्ट रुपमा अर्थतन्त्रमा सिथिलता, सरकारी वित्त विशेषत राजस्व संकलन, वैदेशिक सहायता परिचालन, पुँजीगत खर्चमा समस्या देखिएको स्मरण गराइएको छ।

कोरोना संक्रमणको महाव्याधिले मानव जीवन रक्षा र स्वास्थ्य उपचारमा गम्भीर चुनौति खडा गरेको ध्यानाकर्षण सरकारलाई संशोधन प्रस्तावमा गराइएको छ। बन्दाबन्दीले जीवन अस्तव्यस्त बनाएको र लाखौं नागरिकको रोजगारी सधैंका लागि गुम्ने वा जोखिममा पर्ने अवस्था सिर्जना भएको कांग्रेसले जनाएको छ।

Ncell 2
Ncell 2

पर्यटन, कृषि, भौतिक पूर्वाधार निर्माण, यातायात, खुद्रा तथा थोक बिक्री, उद्योग, व्यापार, बैंक तथा वित्तीय संस्थामा गम्भीर क्षति पुगेको जनाइएको छ।

विदेशमा रहेका नेपालीमा लाखौंको रोजगारी गुमेको संसोधन प्रस्तावमा उल्लेख गरिएको छ। वैदेशिक विनियम सञ्चिती, सोधानान्तर तथा सार्वजनिक वित्तीय सन्तुलन कायम राख्न गम्भीर चुनौती खडा भएको कांग्रेसले जनाएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीको नेपाली भूमीमा भएको अतिक्रमणले आगामी दिन अझ असहज हुने कांग्रेसको बुझाई छ।

लामो पट्यारलाग्दो नीति तथा कार्यक्रमले वर्तमान चुनौती समाधान गर्न नसक्ने कांग्रेसको ठहर छ। कोरोना रोकथाम, स्वास्थ उपचार, राहत वितरण, आर्थिक पुनरुत्थान र नीतिगत सुधारका सहितको नीति तथा कार्यक्रम हुनुपर्ने कांग्रेसको संशोधन प्रस्तावमा उल्लेख छ।

मजबुत र लचिलो नीतिलाई कार्यान्वयन गर्ने गरी प्राथमिकता छुट्याउन संसोधन प्रस्तावमा उल्लेख गरिएको छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वर्तमान प्राथमिकतालाई सम्बोधन नगरिएकाले सम्पूर्ण रुपमा पुनर्लेखन गर्न कांग्रेसले माग गरेको छ।

नीति तथा कार्यक्रममाथि संसदमा आइतबार (आज) बाट छलफल हुँदैछ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  ०८:०९
  • #कांग्रेस
  • #नीति_तथा_कार्यक्रम_२०७७_७८
  • #संशोधन_प्रस्ताव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल प्रहरीका ६७ डीएसपीको सरुवा
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश
सम्बन्धित सामग्री
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंह सहितका कार्य... सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्। सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्न... आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
नेपाल प्रहरीका ६७ डीएसपीको सरुवा सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा सोमबार, माघ ५, २०८२
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै सोमबार, माघ ५, २०८२
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्