काठमाडौं- जापानको नारिताबाट आएको नेपाल एयरलाइन्स वाइडबडी जहाजमार्फत् ४ जना काठमाडौं प्रवेश गरेका छन्। शनिबार नेपालका लागि जापानी राजदूत मासामिची साइगो उनकी श्रीमतीसहित नेपाल आएका हुन्। यसैगरी सोही उडानमा गृह मन्त्रालयका उपसचिव वेदनिधि खनाल र पराराष्ट्र मन्त्रालयका शाखा अधिकृत दीपक घिमिरे पनि जापानबाट नेपाल आएका हुन्।
उनीहरु चारै जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरू चारै जना आफै क्वारेन्टाइनमा बस्ने सहमति भएपछि नेपाल ल्याइएको बताइएको छ। विमानस्थल कार्यालयले पनि गृह र परराष्ट्र मन्त्रालयको अनुमतिपछि उनीहरूलाई नेपाल प्रवेश गर्न दिएको जानकारी दिएका छन्।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज शुक्रबार जापान गएको थियो भने आज शनिबार ३ बजेर २० मिनेट जाँदा काठमाडौंमा अवतरण भएको हो। तर, सरकारले विदेशमा अलपत्र परेका आफै खर्च गरेर नेपाल आउन चाहेका लागि पनि आउन दिएको छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।