काठमाडौं- पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट १६ मेमा प्राप्त मूल्यअनुसार पेट्रोलमा ५ रुपैयाँ ५६ पैसा बढेर तथा डिजलमा २८ पैसा घटेर नयाँ खरिद मूल्य आएपनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने जनाएको छ।
पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार निगमले बिक्री मूल्य समायोजन गर्नुपर्ने भएतापनि वर्तमान अवस्थामा पेट्रोलियम पदार्थको माग अत्यधिक न्यून रहेका कारण हाललाई बिक्री मूल्य यथावत नै राखिएको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थपघट भएपनि नेपालमा मूल्य समायोजन नभएको यो लगातार तेस्रो पटक हो। निगमले यसभन्दा अघि २ पटक मूल्य समायोजन गरेको थिएन।
गत अप्रिल महिनाको अन्तिममा इन्डियन आयल कर्पोरेसनबाट डिजेलमा प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलमा १ रुपैयाँ घटेर आएको भएपनि व्यापार कम भएको भन्दै निगमले मूल्य समायोजन गरेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।