काठमाडौं- नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २ जनामा संक्रमण भएको पुष्टि गरेको हो।
दाङमा देखिएका २ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
९१ नमुना परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ भेटिएको प्रतिष्ठानकी उपकुलपति प्रा डा संगीता भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गर्न बाँकी छ।
यो सहित नेपालमा संक्रमितको संख्या २६० पुगेको छ। यी मध्ये ३६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। निको भएका तीन जनामा पुनः संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि जनाकारी दिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।