काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वित्तीय क्षेत्रका कुनै पनि कार्यक्रम परेनन्। नीति तथा कार्यक्रमका आधारमा आगामी १५ गते बजेट प्रस्तुत हुनेछ। तर वित्तीय क्षेत्र अन्तर्गतका बैंक, बीमा र शेयर बजारबारेमा कुनै पनि कार्यक्रम परेनन्।
सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ५ सय ५१ स्थानीय तहका २७ लाख भन्दा बढी नागरिकको स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ। आगामी तीन वर्षभित्रमा सबै नागरिकमा पुग्ने गरि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्ने जनाएको छ। स्वास्थ्य बीमा कार्यक्रममा आधारभूत बाहेकका स्वास्थ्य सेवाहरु क्रमशः समावेश गर्दै लगिने नीति तथा कार्यक्रममा प्रस्तुत छ।
यसबाहेक बीमाका कुनै पनि कार्यक्रमहरु यसभित्र अट्टाएनन्। बैंकिङ सेवा सुविधा बिस्तार गर्ने खालका कुनै पनि नीति तथा कार्यक्रम छैनन्। सरकारले दुई वर्षभित्र सबै सरकारकि कारोबार नगद रहित बनाउने कार्यक्रम प्रस्तुत गरिएको छ। व्यक्तिबीचको कारोबार र सबै किसिमको व्यवसायको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गरिनेछ।
कमोडिटी बजारका लागि स्टक एक्सचेन्जको प्रक्रिया सुरु गर्नु पर्नेछ। कृषिका कार्यक्रम प्रस्तुत गर्दै गर्दा बस्तु तथा विनिमय बजारको विकासका लागि कुनै ठोस कार्यक्रम छैनन्। बैंकिङ क्षेत्र तथा पुँजी बजारको सुधार तथा विस्तारका लागि पनि कुनै कार्यक्रम आटाएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।