काठमाडौं- हालसम्म २७ लाख ८३ हजार ४ सय २८ सवारीसाधन दर्ता भएका छन्। महालेखा परीक्षकको कार्यालय अनुसार सबैभन्दा धेरै बागमती अञ्चलमा सवारीसाधन दर्ता भएको हो।
बागमतीमा मात्र १० लाख ४२ हजार ८ सय ५६ सवारीसाधन दर्ता भएको छ। दर्ता सवारीसाधन मध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्। हालसम्म मात्रै २१ लाख ८९ हजार ९९ मोटरसाइकल दर्ता भए भने सबैभन्दा थोरै माइक्रोबस दर्ता भएका छन्। हालसम्म ५ हजार ७ सय २४ माइक्रोबस दर्ता भएका हुन्।
पछिल्लो समय सवारीसाधन दर्तामा उच्च वृद्धि भएको यातायात व्यवस्था विभागको तथ्यांकमा उल्लेख छ। २०४६/४७ साल सम्म ७६ हजार ३ सय ७८ सवारीसाधन दर्ता भएकोमा यो वर्षसम्म दर्ता संख्यामा ३ हजार ६ सय ४४ प्रतिशले वृद्धि भएको हो।
सवारी तथा यातायातको कार्य व्यवस्थित रुपले सञ्चालन गर्न बनेको राष्ट्रिय यातायात व्यवस्था ऐन, २०२६ बमोजिम २०४१ बैसाखमा यातायात व्यवस्था विभागको स्थापना भएको हो।
कुन सवारीसाधन कति दर्ता?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।