काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रममा दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी हुन्।
कोरोना भाइरसका कारण उत्पन्न असामान्य परिस्थितिका कारण आर्थिक क्रियाकलाप संकुचन भई राजस्वको आधार घट्दै गएको र अन्तर्राष्ट्रिय सहायताको बाटो परिवर्न भई स्रोतमाथिको दबाब बढिरहेका बेला सरकारले लोकप्रिय कार्यक्रम समावेश गरेर नीति तथा कार्यक्रम ल्याएको छ।
स्वास्थ्यसहितको सामाजिक क्षेत्र, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। कोरोना भाइरसका कारण उत्पन्न फरक परिस्थितिले प्राथमिकता फेरिएको बताएकी छन्।
यद्यपि, अध्ययन नै पूरा नभएका जलमार्ग तथा रेलमार्गलाई यसवर्ष पनि प्राथमिकता दिइएको छ। सरकारले पर्याप्त अध्ययन नै नभएका सुरुङ आयोजना अघि बढाउने पनि घोषणा गरेको छ।
आगामी आवको नीति तथा कार्यक्रमको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।