काठमाडौं- सरकारले लिम्पियाधुरा, लिपुलेक तथा कालापानी लगायतका क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने भएको छ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमलाई संसदमा पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त घोषणा गरेकी हुन्।
'लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो। र, त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिने छ’, नीति तथा कार्यक्रमा भनिएको छ, ‘तदनुरुप नै छुटेको भुमि समावेश गरी नेपालको नक्सा जारी गरिने छ।’
लामो समयदेखि सो क्षेत्रमा भारतले कब्जा जमाइरहेको छ। कालापानीमा भारतीय सेना बसिरहेको छ अघिल्लो हप्ता नेपाली भूमि हुँदै मानसरोबर जाने सडकमार्ग भारतले उद्घाटन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।