काठमाडौं– भारतबाट सीमामा आएका नागरिकको संख्या बढेको जनाउँदै स्वदेश फर्काउन कांग्रेसले सरकारसँग आग्रह गरेको छ।
भारतले रेल र बसबाट यातायात सुविधा दिएपछि नाकामा नेपालीको संख्या बढेको कांग्रेसले जनाएको छ। संघीय सरकारले स्पष्ट नीति तय नगर्दा कतिपय नाकाबाट प्रवेश भएको विज्ञप्ति मार्फत कांग्रेसले जनाएको छ। प्रवेश नपाएकाहरु नाकामा अलपत्र परेको कांग्रेसले जनाएको छ।
भारतले सीमामा ल्याउन सहज बनाएपछि पछिल्लो चौबीस घण्टामा हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेको प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।
सरकारले तत्काल गम्भीरता साथ पहल नगरे दशगजा क्षेत्रमा हजारौं प्रताडित हुने कांग्रेसले जनाएको छ। सुरक्षित तरिकाले स्वदेश प्रवेश नगराउँदा कोरोनाको जोखिम झनै बढ्नेतर्फ कांग्रेसले सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।