काठमाडौं- सरकारले कोभिड १९ को नियन्त्रणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा नाकाहरूमा क्वारेन्टाइन गृह बनाउने नीति लिएको छ।
आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल तथा नाकामा क्वारेन्टाइन र आधुनिक हेल्थ डेस्क बनाइने बताइन्।
पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण नेपालले अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाका बन्द गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।