काठमाडौं- सरकारले ‘चीनौँ आफ्नो माटो, बनाऔं आफ्नो देश’ अभियान सञ्चालन गर्ने भएको छ।
यसमार्फत स्नातकोत्तर युवाहरुलाई विकास निर्माण तथा शैक्षिक विकाससम्बन्धी काममा मुलुकभर परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
राष्ट्रपति विद्या भण्डारीले सरकारको कार्यक्रममार्फत देश विकासमा हरेक युवालाई जोड्ने सरकारको तयारी रहेको सदनमा वाचन गर्दै यस्तो बताएकी हुन्।
यस्तै सरकारले विदेशमा रोजगारी गुमाएर फर्किएकालाई व्यावसायिक कृषिमा लगाउने नीति लिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।