काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा कृषिलाई उच्च प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई महत्व दिँदै कार्यक्रम आउने घोषणा गरेकी छन्।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले सम्पूर्ण नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने पनि घोषणा गरेकी छन्। भण्डारीले जीवनस्तर सर्वेको विधि परिमार्जन गर्ने पनि बताएकी छन्।
अहिलेको सर्वेले यथार्थ चित्रण नगरेकाले विधि परिमार्जन गरिने घोषणा भण्डारीले गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।