• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

वीरगञ्जमा संक्रमित बढ्दै गएपछि क्वारेन्टाइन बन्यो ‘अस्थायी आइसोलेसन’

64x64
लिलु डुम्रे शनिबार, जेठ ३, २०७७  ०९:०९
1140x725

काठमाडौं- नारायणी उपक्षेत्रीय अस्पतालको क्षमताले धान्न नसकेपछि क्वारेन्टाइनका लागि छुट्याइएको स्थानलाई ‘अस्थायी आइसोलेसन’ बनाइएको छ। 
५० बेडको क्षमता रहेको अस्पताललाई विस्तार गरी ७० बेडसम्म पुर्‍याइएको थियो। संक्रमितहरु थपिएपछि सिद्धार्थ माध्यमिक विद्यालयमा आइसोलेसन बनाइएको छ।

नारायणी अस्पतालमा ७० जनाको उपचार भइरहेको छ भने बाँकीलाई विद्यालयको अस्थायी आइसोलेसनमा राखिएको छ। विद्यालयमा २० जनालाई आइसोलेसनमा राखिएको छ। नारायणी अस्पतालबाट निको भई फर्केका चारमध्ये एकमा पुनः संक्रमण देखिएको थियो।

सर्लाही, पर्सा, बारा र रौतहटका बिरामीको उपचार वीरगञ्जमा भइरहेको छ। चार जिल्लामा संक्रमितको संख्या शुक्रबारसम्म ९३ पुगेको छ। संक्रमितमध्ये १ भारतका समेत रहेका छन् भने एक जना अस्पतालकै कर्मचारी पनि संक्रमित भएका छन्। पर्सामा मात्रै ८५ जना संक्रमित पुगेका छन्।

संक्रमित बढेपछि भौतिक सुविधाको अभाव भएपनि विद्यालयलाई आइसोलेसन बनाउनु परेको पर्साका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी गराए। बस्नेतले भने, ‘आर्थिक र प्रावधिक सहयोग वीरगञ्ज महानगरपालिकाले गर्नेगरी जनशक्ति नारायणी अस्पतालले उपलब्ध गराउने निर्णय भएको छ।’

भारतबाट नेपाल प्रवेश गरेकाबाट वीरगञ्जमा संक्रमण फैलिएको थियो। गत मंगलबार एकैदिनमा ५७ जनामा संक्रमण विरगन्जमा देखिएको थियो। संक्रमितहरुको सम्पर्कमा पुगेकामध्ये करीब ५ सय जनाको स्वाब परीक्षणको लागि संकलन गरिएको बस्नेतले जानकारी गराए। संघीय सरकारबाट एक हजार र प्रदेश सरकारले ५०० कीट परीक्षणका लागि पठाउने भनिएपनि नआएको अस्पतालले जानकारी गराएको छ।

नारायणी अस्पताललाई संक्रमित उपचार केन्द्र बनाउनका लागि प्रदेश सरकारले असहमति जनाएको थियो। केन्द्र सरकारले दबाब बढाएपछि कोरोनाको उपचार केन्द्र नारायणी अस्पताललाई बनाइएको थियो। सरकारी अस्पतालमा रहेका अन्य बिरामीलाई नीजि अस्पतालमा स्थानान्तरण गरिएको थियो।

कोरोना संक्रमणको उपचारका लागि ५ बेडबाट विस्तार गर्दै उपक्षेत्रीय अस्पताललाई २५ बेडको बनाइएको थियो। बिरामी बढेसँगै २५ बाट ५० हुँदै ७० बेड पुर्‍याइएको छ। 

सरकारी निकायले समयमा नीजि अस्पतालसँग समन्वय गर्न नसक्दा भौतिक सुविधा भएका अस्पतालमा आइसोलेसन सञ्चालनमा आउन सकेको छैन।

nimb
nimb

मेडिकल कलेजका विवादित व्यक्ति बसुरिद्धिन अन्सारीले सञ्चालन गरेको नेशनल मेडिकल कलेजले आइसोलेसन सञ्चालन गर्न स्वीकृति नदिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जानकारी दिए। संक्रमण बढेकाले नेशनल मेडिकल कलेजले स्वीकृति नदिएपनि आइसोलेसन बनाउनैपर्ने बाध्यता आएको कार्कीले सुनाए।

महानगरपालिकाको समन्वयमा गर्ने
नारायणी अस्पतालको आइसोलेसन क्षमता ७० जनाको छ। सिद्धार्थ माविको क्वारेन्टाइनलाई नै आइसोलेसनमा रुपान्तरण गर्न लागिएको छ। उक्त आइसोलेसनको सम्पूर्ण रेखदेख नारायणी अस्पतालले गर्ने भएको छ। १७ जना संक्रमित राखिएको सिद्धार्थ माविमा २५० जनासम्म राख्न सकिने बस्नेतले जानकारी गराए। करीब ५ सय जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।

नीजि अस्पतालमा आइसोलेसन निर्माण गर्ने तयारी भएपनि मूर्त रुप भने पाइसकेको छैन। स्वास्थ्य मन्त्रालयले गण्डक अस्पतालमा समेत आइसोलेसन बनाउन निर्देशन जारी गरेपनि कार्यान्वयन हुन सकेको छैन। अन्य जिल्लाका बिरामी समेत वीरगञ्जमा भरिएपछि समस्या थपिएको छ। सहायक सिडिओ बस्नेतले भने, ‘पर्सा जिल्लाको जिम्मेवारी हामीले लिन सक्छौं। अरु जिल्लामा भएका बिरामीलाई आफैं व्यवस्थापन गर्नुपर्छ।’ उपचाररत सबैको अवस्था सामान्य रहेको नारायणी अस्पतालकी नर्स श्रृति शाहले जानकारी गराइन्। 

संक्रमितको संख्यामा वृद्धि भएपछि बिहीबारदेखि पर्सामा निषेधाज्ञा जारी गरिएको छ। जेठ ५ सम्म लागू हुनेगरी निषेधाज्ञा जारी भएको प्रजिअ कार्कीले जानकारी गराए। अत्यावश्यक सेवा बाहेकका कार्यमा आवतजावत पूर्णतः रोकिएको छ।अहिले बढेको संख्याअनुसार बढ्दै गए विकराल अवस्था आउनसक्ने चिन्ता व्याप्त छ। 

सीमावर्ती जिल्लामा लुकिछिपी प्रवेश गर्नेको संख्या पछिल्लो दिनमा घटेको प्रजिअ कार्कीले दाबी गरे। बिहीबार बसेको संकट व्यवस्थापन केन्द्र (सिएमसी) को बैठकले उपचारका क्रममा भागेको भेटिए गोली हानी पक्रने अधिकार सुरक्षाकर्मीलाई दिइएको थियो। पछि  केन्द्रले सो निर्णय सच्याउँदै बल प्रयोग गरी नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ। 

नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत दुई कोरोना संक्रमित व्यक्ति शौचालय जाने बाहनामा ट्वाइलेटकै भेन्टिलेसन भाँचेर फरार भएका थिए। पछिल्लो निर्णयसँगै पर्सा जिल्लामा उपचारत कुनै कोरोना संक्रमित फरार भएमा उनीहरुलाई पक्राउ गर्न सुरक्षा निकायले बल प्रयोग गरेरै भएपनि नियन्त्रणमा लिनका लागि त्यहाँको प्रशासनले यस्तो निर्णय गरेको हो।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  ०९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्