काठमाडौं- सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिको फोटोको स्वरुप परिवर्तन गरी चरित्र हत्या गर्ने हिसाबले पोस्ट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका-१ बेलघारीका २२ वर्षीय मधु पौडेल भन्ने तोरणराज पौडेल रहेको प्रहरीले जनाएको छ। पौडेललाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका पौडेललाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन २०६३ को कसुरुमा ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।