काठमाडौं- गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन थालेपछि लकडाउन थप कडाई गर्दै जिल्लाभित्रकै लागि जारी भएका सम्पूर्ण पाससमेत खारेज गर्ने निर्णय गरेको छ।
यो निर्णयसँगै अत्यावश्यकका सेवाबाहेकका सम्पूर्ण पास खारेज हुने भएका छन्। योसँगै बिहीबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको छलफलले लकडाउन थप कडाई गर्ने निर्णय गरेको छ।
शुक्रबारदेखि बाहिर हिँडडुल गर्नेमाथिको चेकिङ थप कडाई गर्नेदेखि नाकामा समेत निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ। यसअघिसम्म लागू भएका सम्पूर्ण पाससमेत बिहीबारैदेखि खारेज गरेको मन्त्रालयले काठमाडौंमा जोखिम देखिन थालेको भन्दै हरेक वडाको समन्वयमा लकडाउन थप कडा गर्नुपर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।