काठमाडौं– अमेरिका लैजाने भन्दै पश्चिम अफ्रिकी देश टोगोमा लगेर अलपत्र बनाएको आरोपमा पर्साका सुरेन भन्ने मोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। अमेरिका वा क्यानाडाको मल्टिपल भिषा दिलाउने र राम्रो काम लगाउने भन्दै उनको गिरोहले पीडितहरुलाई मलेसिया, सिंगापुर, इथियोपिया, नाइजेरिया, बेनिन हुँदै टोगो पुर्याइएको थियो।
त्यहाँ ६ महिनासम्म होटलमा बन्धक बनाएर राखिएको थियो।
पीडितहरुले उजुरी दिएपछि श्रेष्ठलाई सिआईबीले चितवनबाट पक्राउ गरेको हो। उ मानव वेचबिखन तथा ओसारपसार मुद्दामा श्रेष्ठलाई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
सो समूहले प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म लिएर अमेरिका लैजाने भन्दै अफ्रिका लगेका थएि।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।