काठमाडाैं-संघीय संसदमा चलिरहेको प्रि-बजेट छलफल अन्तिमतिर पुगेको छ। बैशाख २८ देखि सुरु भएको छलफल बुधबार अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने सम्भावित कार्यसूची प्रतिनिधिसभाले तय गरेको छ। मंगलबार छलफल समाप्त गर्ने तयारी भएपनि सांसदहरुले बाेल्ने क्रम नसकिएपछि बुधबारलाई सारिएको हो। बुधबार १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। सरकारको नीति तथा कार्यक्रम २ जेठमा संघीय संसदमा पेश हुँदै छ।
मन्त्रिपरिषदले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न सिफारिस गरिसकेको छ। संघीय संसदको दुवै सदनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्वोधन गर्नेछिन्। प्रतिनिधि सभा र राष्ट्रिय सभामा सांसदहरुले दिएको सुझावका आधारमा अर्थमन्त्रीले नीति कार्यक्रम बनाउने परम्परा रहेको छ। आर्थिक वर्षको बजेट ल्याउनुअघि संसदमा छलफल गर्ने र त्यसअनुसार परिमार्जन गर्ने चलन छ। दुवै सदनको बैठक चलाउनका लागि संघीय संसद सचिवालयले तयारी पनि गर्नुपर्ने भएकाले प्रि-बजेट छलफल बुधबारै सक्ने तयारीमा सभामुख अग्नीप्रसाद सापकोटा रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।