काठमाडाैं- सरकारले नीति तथा कार्यक्रम आगामी जेठ २ गते संसदमा प्रस्तुत गर्न सिफारिस गर्ने निर्णय गरेकाे छ।
मंगलबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले सरकारकाे आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम जेठ २ मा संसदमा प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेकाे हाे।
जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत हुने भएको छ। राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त बैठकमा दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।