• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सूचना र परामर्श कार्यक्रमपछि सिन्धुलीबाट विदेशिने युवाको संख्या घट्यो

64x64
नेपाल लाइभ शुक्रबार, चैत ३०, २०७४  ०७:१७
1140x725

नवीनबाबु अधिकारी/रासस 
सिन्धुली-
सिन्धुलीमा वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजना सञ्चालनपछि विदेश पलायन हुने युवाको संख्यामा कमी आएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यले युवालाई आवश्यक सूचना तथा परामर्श दिएपछि विदेश जाने घटेका हुन्। 

सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सिन्धुलीले वैदेशिक रोजगारका लागि जाने युवालाई निःशुल्क सिप तालिम तथा कानुनी सेवा प्रदान गर्दै आएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका संयोजक उमा पौडेलले बताए।

सिन्धुलीमा आर्थिक वर्ष २०६८/६९ मा चार हजार ९१८ पुरुष र १७३ महिला तथा आव २०६९/७० मा ६ हजार ६९० पुरुष र ५७५ महिला, वैदेशिक रोजगारमा गएका थिए। आव २०७०/७१ मा हालसम्मकै सबैभन्दा बढी सात हजार ९७३ पुरुष र ६४० जना महिला विदेश पलायन भएका थिए। आव २०७१/७२ मा सात हजार ३२० पुरुष र ३८७ महिला तथा आव २०७२/७३ मा पाँच हजार ३७१ पुरुष र ३४४ महिला पलायन भए। तर, आव २०७३/७४ मा घटेर ६ हजार २६३ पुरुष र ५५३ महिला वैदेशिक रोजगारीमा जान जिल्ला छाडेको सामीको तथ्याङ्कले देखाउँछ। 

सिन्धुलीबाट वैदेशिक रोजगारीमा जाने युवामध्ये सबैभन्दा बढी ४५ मलेसिया, २२ साउदी अरेबिया, १९ कतार, १० युएई, दुई कुवेत र अन्य मुलकमा दुई प्रतिशत युवा विदेश पलाएन भएको पनि तथ्याङ्कले देखाउँछ। केन्द्रले युवालाई आवश्यक परामर्श र सूचना प्रदान गर्दा अघिल्ला आर्थिक वर्षको तुलनामा सिन्धुली जिल्लाबाट विदेश पलायन हुने युवाको संख्यामा कमी आएको उनको भनाइ छ। यस परियोजनाले वैदेशिक रोजगारीका लागि प्रोत्साहन तथा निरुत्साहित दुवै नगरी वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मात्रै काम गर्दै आएको उनले बताए।

सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमै पुगेर परियोजनाले सूचना तथा परामर्श प्रदान गरेको उनी बताउँछन्। यसबाट कमलामाई नगरपालिकामा तीन हजार ९७६, दुधौली नगरपालिकामा तीन हजार ६८, तीनपाटन गाउँपालिकामा दुई हजार ३०१, हरिहरपुरगढी गाउँपालिकामा एक हजार ८०१, मरिण गाउँपालिकामा एक हजार ७२७, सुनकोशी गाउँपालिकामा एक हजार ३४१, घ्याङलेख गाउँपालिकामा एक हजार १६४, गोलन्जोर गाउँपालिकामा एक हजार १४५ र फिक्कल गाउँपालिकामा ८९२ जनाले चालू आवमा वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराबारे जानकारी पाएको उनले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

अहिलेसम्म परियोजनाबाट २४ हजार ६०३ जना युवाले वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने र चाहिने आवश्यक कागजातलगायत अन्य आवश्यक ज्ञानका बारेमा जानकारी पाएको उनको भनाइ छ। सिन्धुली जिल्लाबाट रोजगारीका लागि विदेश जान चाहने युवाको आप्रवासनलाई सुरक्षित तथा उपलब्धिमूलक बनाउन सहयोग गर्नु परियोजनाको मुख्य उद्देश्य भएको जिल्ला समन्वय समिति सिन्धुलीका वरिष्ठ सामाजिक विकास अधिकृत तथा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका फोकल पर्सन सागरकुमार ढकालले बताए।

परियोजनाबाट सूचना तथा परामर्श पाएपछि युवाले वैदेशिक रोजगारीका लागि तिरेको रकमको भर्पाइ लिने, जीवन बीमा गराउने, अभिमुखीकरणमा भाग लिने, श्रम स्वीकृति लिएर जाने, कागजात पढेर मात्र हस्ताक्षर गर्ने लगायतका कार्य गर्दै आएको उनले बताए।

उनका अनुसार सिप सिकेर विदेश जान चाहने १२८ जना युवालाई हालसम्म निःशुल्क सिपमूलक तालिम दिइएको छ। 

वैदेशिक रोजगारीमा जान चाहने युवामा १५ प्रतिशत निरक्षर युवा हुने गरेका छन्। धेरै संख्यामा युवा वैदेशिक रोजगारीका लागि जानेमा सिन्धुली १३औँ स्थानमा पर्ने उनको भनाइ छ। सिन्धुलीमा परियोजना लागू भएदेखि अहिलेसम्म सूचना केन्द्रमा आएकामध्ये ७०५ जनालाई फोनमार्फत फलोअप गरिएको, फलोअप गरिएकामध्ये १८९ जना विदेश गएको र यसमध्ये १२५ जनाले घरमा कागजपत्रको प्रतिलिपि छाडेका भेटिएको थियो। 

अहिलेसम्म १०३ जना वैदेशिक रोजगारीका क्रममा सिन्धुलीका नागरिकको ज्यान गएको तथ्याङ्क छ।रासस 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०७४  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार बुधबार, जेठ ६, २०८३
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ बुधबार, जेठ ६, २०८३
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने बुधबार, जेठ ६, २०८३
अधिवेशनमा खटिने गरी रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि (सूचीसहित ) बुधबार, जेठ ६, २०८३
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्