• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जब सत्तापक्षकै सांसदले समितिमा मन्त्रीको 'अडियो' बजाउन माग गरे

64x64
नेपाल लाइभ सोमबार, वैशाख २९, २०७७  १३:२०
1140x725
फाइल तस्बिर

काठमाडाैं- संसदीय समितिमा सत्तापक्षकै सांसद र मन्त्रीबीचमा नोकझोक हुनु सामान्य होइन। सधैं प्रतिपक्षी र मन्त्रीका बीचमा हुने नोकझोक दुई दिनदेखि संघीय संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिमा सत्तापक्षकै सांसद र मन्त्रीका बीचमा भइरहेको छ।

संसदीय समितिमा हुने पेचिलो बहसमा सधै सत्तापक्षका सांसदहरु सरकारको बचाउमै उत्रने गरेका छन्। मन्त्रीले बोलेका कुराहरुमा उनीहरुले मौन सर्मथन जनाउने र प्रतिपक्षका सांसदहरुले  सवाल-जवाफ गर्ने अभ्यास हुँदै आएको छ। केही प्रकरण बाहेक अधिकांश संसदीय समितिमा यही अभ्यास हुँदै आएको छ। तर, आइतबार र सोमबारको अन्तर्राष्ट्रिय समितिमा सत्तापक्षमा सांसद भीम रावलले आफ्नै पार्टीका दुई सांसदसँग जवाफ गरेका छन्।

आइतबार समितिको बैठकमा परराष्ट्रमन्त्रीसँग चर्काचर्की गरेका रावलले सोमबार भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालसँग सवाल-जवाफ गरे। समितिको बैठकमा सबै सांसदहरुले आफ्ना कुरा राखेपछि समिति सभापति पवित्रा निरौला खरेलले नक्साका बारेमा बोल्न भूमि व्यवस्थामन्त्री अर्याललाई समय दिइन्। सभापतिले समय दिए लगत्तै रावलले सभापतिसँग समय मागे। ‘सभापतिज्यू मन्त्री बोल्नअघि म केही भन्न चाहान्छु,’ उनले भने।

लगत्तै सभापतिले एक मिनेटमा भन्न समय दिइन्। सभापतिबाट समय पाएपछि रावलले नेपालको नक्सामा लिपुलेक नरहेको भनी नेपालको भूमि नपर्ने आशयमा मन्त्री आर्यालले दिएको अन्तर्वार्ताका विषयमा जानकारी दिन माग गरे। मन्त्रीले यस्तो किन भन्नु भयो मैले त यी भूभाग नेपालको हो भन्ने सानैमा विद्यालयमै पढेको थिए भन्दै उनले जवाफ माग गरे।

उनको प्रश्नपछि मन्त्री अर्यालले आफूले आइतबार बिहान एक पत्रकारलाई अन्तर्वार्ता दिएको स्वीकार गर्दै नेपालको भूभाग नभएको नभनेको भन्दै बचाउ गरिन्। २०३१ सालमा प्रकाशन भएको गलत नक्सा प्रयोग भइरहेको र आफू मन्त्री भएपछि त्यसलाई सच्याउन आवश्यक प्रमाण संकलन गर्दै नयाँ छपाउने कार्यमा लागेको उनले दावी गरिन्। उनले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवादित नभई नेपालको भूमि भएको कुरामा आफू प्रष्ट रहेको बताइन्।

उनको जवाफ सकिए लगत्तै पुनः रावलले सभापतिसँग समय मागे। सभापतिले एक मिनेट फेरि दिइन्। लगत्तै उनले समितिमा आइतबार मन्त्री अर्यालले बोलेको अडियो बजाउन माग गरे। ‘सभापतिज्यू मैले मन्त्रीमाथि आक्षेप लगाउन खोजेको हैन र लगाउन पनि चाहान्छ तर उहाँले के बोल्नु भयो समितिमा सबै सांसदले सुन्ने गरी अडियो बजाऔं,’ रावलले भने। रावलले यति भनिसक्दा समिति सभापति खरेलले 'अब बैठक यता नजाऔं' भन्दै रोकिन्। बैठकले सांसदहरुले दिएको सुझावलाई लिखित रुपमा सरकारलाई पठाउने जानकारी गराउँदै मन्त्रीहरुलाई बिदा गर्‍याे।

तत्काल नक्सा सार्वजनिक गर्न सांसदहरुको माग
सरकारले नेपालको ताजा आधिकारिक नक्सा सार्वजनिक गर्नुपर्ने माग सांसदले गरेका छन्। संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेकपा नेता तथा सांसद भीम रावलले सरकारले तत्काल सम्पूर्ण नेपाली भूभागसहितको नक्सा सार्वजनिक गर्नुपर्ने माग गरेका हुन्।

भारतले नेपाली भूमि लिपुलेक–कालापानीसमेत पर्ने गरी बनाएको बाटो उद्घाटन गरेपछि त्यसबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल भइरहेको छ। सोमबारको बैठकमा समिति सदस्य रावलले भने, ‘भारतले प्रति किलोमिटर २४ हजारका दरले सुरक्षा फौज राखेको छ।’ भारतसँग जुन हिसाबले कुरा गर्नुपर्ने हो, त्यसरी नेपाल सरकारले कुरा गर्न सकेको छैन,’ उनले प्रश्न गरे, ‘भारतले बाटो बनाउँदै छ भन्दा पनि नेपाल सरकारले किन ध्यान दिएन?’

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपालले किन नक्सा जारी गरेन? बाघ कराउने र बाख्रा हराउने एकैपटक भएको अवस्था छ। भारतसँग झगडा होस, लडाईं होस् भन्ने हामीले चाहेका होइनौँ,’ उनले भने, ‘हामी भारत, चीन, अमेरिका विरोधी होइनौँ। तर अतिक्रमण स्वीकार्य हुँदैन।’ अतिक्रमित क्षेत्रमा तत्काल विज्ञ टोली पठाउनुपर्ने पनि सांसदहरुले माग गरे। अब सरकारले नक्सा सार्वजनिक गर्नुपर्‍याे, भारतसँग वार्ता गर्नुपर्‍याे। नभए उपाय के हुन सक्छ पार्टी र संसदमा छलफल गर्नुपर्‍याे’ उनले भने। 

यस्तै समिति सदस्य सांसद सेख चाँद ताराले पनि सरकारले सबैभन्दा पहिला नक्सा सार्वजनिक गर्नुपर्ने बताइन्। ‘सुगौली सन्धि मिचिएको छ। भारतले दादागिरी गरिररहेको छ तर पनि नेपाल किन चुप लागेर बसिरहेको छ?’ उनले भनिन्, ‘यो सरकार मात्र होइन, अघिल्ला सरकार पनि चुप लागेर बसेका थिए। उनीहरुले पनि धेरै गल्ती गरेका थिए।’ यो सरकारले बहुमत, जनमत पाएको राष्ट्रियताको विषय उठाएरै आएकाले अब हिम्मत गरेर नक्सा सार्वजनिक गर्दै वार्ता गर्न माग उनले गरिन्।

भारतले नेपाली भूमि मिचेर सडक बनाएको क्षेत्रमा नेपालले सेना पठाउनु पर्ने उनले तर्क गरिन्। ‘एकपटक बोलेपछि चुप लागेर बस्ने होइन, हामीले कूटनीतिक पहललाई निरकन्तरता दिनुपर्छ’ उनले भनिन्।

सांसद रेनुका गुरुङले सुगौली सन्धि अनुसार लिम्पियाधुरा भन्दा पूर्वतिर नेपाल कै हो भन्नेमा विवाद नहुँदा पनि ‘सरकारलाई नक्सा सार्वजनिक गर्न कति समय लाग्छ?’ भनेर प्रश्न सोधिन्। ‘भूमि फिर्ता ल्याउँछु भनेको होइन? खोइ? हाम्रो भूमिमा सडक बनाउँदा पनि नेपालको सुरक्षा र सूचना संयन्त्र के गरेर बसेको थियो?’ उनले प्रश्न गरिन्, ‘अब हामीले अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघलाई गुहार्न किन ढिलो गर्ने?’ उनले मन्त्रीहरुलाई राजीनामा दिएर सांसदसँगै आएर बस्न पनि चुनौती दिइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैगरी, सांसद सरला गुरुङले सुरक्षा निकायलाई सबै कुरा थाहा हुँदा पनि चुप लागेर बसेको आरोप लगाइन्। ‘नेपालको नक्सा तुरुन्तै बनाउन आवश्यक छ। नेपालको लागि यो सानो कुरा होइन,’ उनले भनिन्, ‘चार सय वर्गकिलोमिर काठमाडौं भन्दा ठूलो क्षेत्र हो। नेताको लाचारी र भारतीय पक्षको दादागिरी देखिएको छ। कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि छिटोभन्दा छिटो पहल होस्।’

सांसद नारदमुनि रानाले कूटनीतिक माध्यमबाट समस्या समाधान हुनेमा विश्वास नरहेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने बताए। समितिका अर्का सदस्य डा. नारायण खड्काले २०४६ पछि पटक–पटक सीमा विवाद समाधान हुनुपर्छ भन्ने आवाज उठेको भएपनि भारतले ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ जस्तो गरेको बताए।

उनले विगतभन्दा भारतको भनाई केही फेरिएकाले अब पहल गरेर समाधान गर्नुपर्ने बताए। विगतका सबै भूमि भारतको भएको दावी गर्दै आइए पनि अहिले विवादितसम्म भन्न थालेकाले अब वार्ताबाट समाधान निकाल्न ढिलो गर्न नहुने उनको तर्क थियो।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना
पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो (तस्बिरसहित)
सम्बन्धित सामग्री
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छ... शनिबार, कात्तिक २१, २०८३
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको... शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको... शुक्रबार, कात्तिक २०, २०८३
ताजा समाचारसबै
धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा शनिबार, कात्तिक २१, २०८३
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना शनिबार, कात्तिक २१, २०८३
पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो (तस्बिरसहित) शनिबार, कात्तिक २१, २०८३
कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण शनिबार, कात्तिक २१, २०८३
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने शुक्रबार, कात्तिक २०, २०८३
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्