काठमाडौं– जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुली ३० हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसनधान आयोगको क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले पराजुलीलाई घुससहित पक्राउ गरेको हो।
नियन्त्रणमा लिएको गाडीका बारेमा अदालतमा विचाराधीन रहेको मुद्दामा पराजुलीले छुटाइदिने भन्दै घुस माग गरेका थिए। उक्त गाडी छुटाइदिने भन्दै ३० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो।
पराजुलीले संगठित अपराध, कर्तव्य ज्यान मुद्दामा दशी प्रमाणको रुपमा जिल्ला अदालत, कास्कीमा पेश भएको सेवाग्राहीको ग १ च २३६३ नम्बरको कार अदालतको आदेशबमोजिम छुटिसकेको अवस्थामा समेत धरौटी निर्धारण गरी गाडी छाड्ने चन्दे घुस लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।