काठमाडौं- सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४९.९६ प्रतिशतले नाफा बढाएको छ। चैत मसान्तसम्ममा बैंकले ९१ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको हो। गत वर्षको सोही अवधिमा बैंकले ६१ करोड ६ लाख रुपैयाँ नाफा गरेको थियो।
नाफामा उल्लेखनीय सुधार भए पनि खुद ब्याज आम्दानी भने जम्मा १४.१९ प्रतिशतले मात्रै सुधार भएको देखिन्छ। यसै अवधिमा दुई अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको छ। कोभिड १९ को कारणले बैंकको लाभांश बाँड्न योग्य नाफा भने जम्मा १३ करोड ४१ लाख रुपैयाँ मात्रै छ। कतिपय बैंकहरुको यस्तो नाफा ऋणात्मक देखिदै आएको छ।
गत असारको तुलनामा बैंकको निक्षेप संकलन २.४९ प्रतिशतले घटेको छ भने कर्जा बिस्तार १.७९ प्रतिशतले बढेको देखिन्छ। यसै अवधिमा बैंकले ५८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब १० करोड रुपैयाँ कर्जा बिस्तार गरेको छ।
पुँजीकोष अनुपात १४.४८ प्रतिशत छ। खराब कर्जा बढेर २.१९ प्रतिशत पुगेको छ। आधार व्याजदर १.०५ प्रतिशतले घटेर १०.२७ प्रतिशतमा झारेको छ। प्रतिशेयर आम्दानी ९ रुपैयाँबाट १४ रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।