• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नेकपा कम्युनिस्ट पार्टी होइन : मोहनविक्रम सिंह [अन्तर्वार्ता] 

64x64
वीरेन्द्र ओली आइतबार, वैशाख २८, २०७७  ११:१२
1140x725

भर्खरै मात्र कार्ल मार्क्सको २ सय २औं जन्मजयन्तीको अवसरमा नेपाल लगायत संसारभर कम्युनिस्ट नेता कार्यकर्ताहरुले उल्लासपूर्वक मनाए। नेपाल भने मार्क्सवादी भन्नेहरुकै पार्टीले सरकारको पनि नेतृत्व गरिरहेको छ। यसै सन्दर्भमा मार्क्सवादी विचार र दर्शन, नेकपाभित्र बढ्दै गएको विवाद, सरकारमा देखिएका समस्या लगायत विविध विषयमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अशः 

भर्खरै मार्क्सको २ सय २औं जन्मजयन्ती मनाइएको छ। आलोचकहरुले मार्क्सवादको औचित्य सकियो।  आउटडेटेड भयो भनिरहेका छन्। त्यस्तै हो?
मार्क्सको जन्मजयन्ती मनायौं। हामीले प्रत्यक्ष रुपमा वा खुलारुपमा मनाउने अवस्थामा थिएनौं। मार्क्सवादको औचित्य पहिलेभन्दा कैयौं गुना बढेर गएको छ। मार्क्स जिवित हुँदा जति औचित्यता र महत्त्व थियो। त्यो झन् बढेर गएको छ।

मार्क्सको मृत्युपछि आन्दोलनको रुप लिएको छ। विश्वव्यापी दर्शनको रुप लिएको छ। अहिले यो सत्य हो कि विश्वभर समाजवादी व्यवस्थाको पतन भएको छ। त्यसको अर्थ कम्युनिस्ट आन्दोलन वा समाजवादी आन्दोलनको औचित्य सकियो भन्ने होइन। मार्क्सको जुन दर्शन हो, त्यसमा एंगेलको चिन्तनले महत्त्पूर्ण भूमिका खेल्यो। त्योभन्दा निर्णायक भूमिका भौतिक उपस्थितिले खेल्यो। भौतिक उपस्थितिले मार्क्सवादको आधार तयार पार्‍यो। त्यो भौतिक उपस्थितिले मार्क्सको समयभन्दा विकसित र परिपक्क भएको छ। त्यो भौतिक उपस्थित भनेको  पुँजीवादलाई नाफा बनाउन ठूलो मात्रामा उत्पादन गर्नुपर्ने हुन्छ। ठूलो मात्रामा उत्पादनलाई सामाजिक रुप दिनुपर्ने हुन्छ। उत्पादनका स्वरुप सामाजिक हुन्छन्। उत्पादनका साधनहरु व्यक्ति केन्द्रित हुन्छन् त्यो पुँजीवादको ठूलो विरोधाभाष हो।

त्यसले मार्क्सवादलाई जन्म मात्रै दिएन, समाजवादी क्रान्तिलाई जन्म दियो। तर,त्यो विरोधाभाषले पुँजीवादीलाई कहिल्यै ‘हर्ट’ गर्दैन। त्यो विरोधाभाष बढेर गएको छ। त्यसले नै पुँजीवाद झन् पछि झन संकटको मुखमा फस्दै गएको छ। जसले गर्दा सन् २००८ को आर्थिक मन्दी अरु बारम्बार आउँछ। पुँजीवादभित्रको रोगले झन संकटमा लगेको छ। त्यस कारण पुँजीवादको अन्तर विरोधले खाडल खन्दै गएको छ। त्यसले गर्दा मार्क्सवादको औचित्यता कम्युनिस्ट आन्दोलनको औचित्यता घट्ने होइन कि झन बढेर गएको छ।

तपाईंले औचित्य समाप्त भएको छैन भन्ने गरे पनि सोभियत संघ पतनपछि कुनै देशमा जनवादी क्रान्ति भएको छैन। तपाईंका चेलाहरुले मार्क्सको सिद्धान्तलाई समय सन्दर्भिक परिर्वतन गर्न सकिएन, अब काम छैन भन्न थालेका छन् नि?
द्वन्द्वात्मक भौतिकवादी दर्शन र ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादले के भन्छ भने क्रान्ति सीधा रेखामा अगाडि बढ्दैन। क्रान्ति उतारचढाब, प्रतिक्रान्ति, क्रान्तिको बीचबाट अगाडि बढ्छ। बेलायतको राजतन्त्र विरुद्धको सघर्षलाई हेर्नुस्। त्यो धेरै वर्षसम्म चल्यो, कैयौंपटक ढल्यो, फेरि उठ्यो, ढल्यो। कैयौंपटक कमजोर भयो। कति प्रतिक्रान्ति भए। अन्तमा गणतन्त्रको विजय भयो। त्यस बेला लोकतन्त्रको विजय भयो।

फ्रान्समा हेर्नुस्, राजतन्त्रका विरुद्ध सयौं वर्ष संघर्ष चल्यो। राजतन्त्र, फेरि गणतन्त्र, फेरि राजतन्त्र चलिरहयो। नेपालमा पञ्चायती व्यवस्थाको विरुद्धमा संघर्षमा उताचढाबहरु धेरै आए। सामान्य पुँजीवादी व्यवस्था अन्तर्गत हुने आन्दोलनलाई यति समय लाग्छ भने कम्युनिष्ट आन्दोलन, समाजवादी आन्दोलन भनेको त्यो अस्थायी चरण हो। भौतिक अवस्थामा आएको परिवर्तनले समाजवादी क्रान्तिको भविष्य उज्वल छ भन्ने कल्पना मात्रै होइन वस्तुस्थितिले देखाइसकेको छ।

मार्क्सपछिका एंगेल्स, लेनिन, माओवादको औचित्य छैन। जेजस्तो भए पनि मार्क्सवाद मात्रै हो भन्ने पनि छन्। त्यसलाई कसरी लिनु हुन्छ? 
त्यो सोचाई गलत हो। किनभने मार्क्सपछि लेनिन, स्टालिन र माओले नै व्यवहारिक रुप दिन भूमिका खेले। मार्क्सको सिद्धान्त र दर्शनको क्षेत्रमा ठूलो योग्दान रह्यो। मार्क्सवादलाई व्यवहारिक रुप दिने काम लेनिन, स्टालिन र माओले गरे।

उनीहरुको आपत्ति के कुरामा हो भने मार्क्स सधैं दर्शनको क्षेत्रमा मात्रै सीमित रहेमा कुनै नोक्सान पर्दैन। त्यसलाई स्विकार र समर्थन गर्छन्। जब त्यसलाई व्यवहारमा लैजाने कुरा गर्छन्। तब विरोध हुन्छ। लेनिनले समाजवादी क्रान्ति गरेर देखाए। माओवादीले नयाँ जनवादी क्रान्ति गरेर देखाए। मार्क्सवादलाई व्यवहारिक रुप दिने काम विरोध हो। त्यसलैले मार्क्सवादको कुरा मात्रै गरौं भन्दा उनीहरुलाई आपत्ति हुँदैन। जब व्यवहारमा जाने कुरा आउँछ, विवाद सिर्जना हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कतिपले मार्क्सवाद पुरानो भयो। परिवर्तन गर्नुपर्छ, विकास गर्नुपर्छ भन्ने जुन कुरा ल्याएका छन्, त्य मार्क्सवादको संशोधन गर्ने कुरा हो। मार्क्सवादको मुल स्प्रिटलाई, क्रान्तिकारितालाई समाप्त गरेर गलत दिशामा लग्ने प्रयत्न हो। तपाईंले बारम्बर चेलाहरु भन्नुभयो। हामीले उनीहलाई चेला भन्दैनौं, सहकर्मी भन्छौं। उनीहरु मार्क्सवादी सोचबाट धेरै टाढा गइसकेका छन्। उनीहरु धेरै संशोधनवादी बाटोमा गइसके। त्यसैलै मार्क्सवाद पुरानो वा क्लासिकल भन्दै संशोधनवादतिर लग्ने प्रयत्न हुँदैछ। जसको अर्थ मार्क्सवादलाई गैरक्रान्तिकारी दिशातिर लग्नु हो।

अहिलेका समकालिन नेताहरु कुनै समय क्रान्तिकारी भएर समाज रुपान्तरमा योगदान समेत गरेको पाइन्छ। कालान्तरमा गएर क्रान्तिकारीहरु नै संशोधनवादी हुने, एक आपसमा द्वन्द्व, झगडा र अन्तरकलहमा अल्झने कुन तत्वले बनाउँछ? 
मार्क्सवादको सिद्धान्त र दर्शन त्यसको द्वन्द्वात्मक भौतिकवादलाई नबुझ्नेले गर्छन्। द्वन्द्व त समाजमा अहिलेको कम्युनिस्टमा मात्रै होइन। मार्क्सको समयमा पनि थियो। मार्क्सको समयमा ३४ समूह थिए। बाकुनिनवादीहरु अरु यस्ता धेरै समूहहरु थिए।

लेनिनको समयमा यस्ता धेरै समूह थिए। पार्टी बोल्सेभिक र नेल्सेभिकमा बाँडिएको थियो।  माओको पालामा पार्टी नै  एघार पटक फुट भयो। खालि कम्युनिस्टहरुमा मात्रै होइन। प्रकृतिका सबै क्षेत्रमा द्वन्द्व हुने गर्छन्। राजतन्त्र भएका देशमा पनि द्वन्द्व भइरहेका छन्। त्यसलाई स्वभाविकै रुपमा लिनुपर्छ।

अहिलेका कम्युनिस्टहरु पुँजीवादीभन्दा झन् चर्को भए भन्ने आरोप छ। यसलाई कसरी लिन सकिन्छ?
पहिलो कुरा हामी नेकपालाई कम्युनिष्ट मान्दैनौं। किनकि, उनीहरु कम्युनिस्ट दार्शनिक र सैद्धान्तिक पक्षबाट मात्रै होइन, संगठनात्मक प्रणालीबाट नै मार्क्सवादी वा कम्युनिस्ट रहेन। उनीहरुको सांगठनिक प्रणाली कांग्रेसको जस्तो भयो। जहाँ खुल्मखुल्ला रुपमा झगडा गर्ने, गुटबन्दी गर्ने गर्छन्। ठ्याक्कै त्यही पद्धति नेकपाले अपनायो। हामीले बारम्बार भनिरहेका छौँ। त्यो कम्युनिस्ट पार्टी होइन।

Xtrem

Xtrem

प्रकृतिमा द्वन्द्व हुँदैआएको छ। जीवनका पत्रकारिता, साहित्य, दर्शनमा हेर्नुस्, कैयौँ मतभेदहरु छन्। चिन्तनको क्षेत्रमा दर्जनौं मतभेदहरु छन्। मार्क्सवादले के भन्छ भने द्वन्द्ववाद द्वन्द्वकै बीचबाट नै विकास हुन्छ। कम्युनिस्ट आन्दोलनमा एकातिर क्रान्तिकारी मार्क्सवाद लेनिनवाद र अर्कातिर संसदवादका विरुद्ध सधैं सघर्ष चल्दै आएको छ। त्यो सघर्ष अहिले पनि चलेको छ। नेकपाभित्र जुन सघर्ष चलेको छ, त्यो कुनै सिद्धान्त वा दर्शनको लागि चलेको संघर्ष होइन। व्यक्तिको पद, प्रतिष्ठा र सत्ताका लागि चलेको सघर्ष हो। त्यो चरम अवसरवाद हो।
 
तपाईंले सत्ताधारी नेकपालाई कम्युनिस्ट होइन, कम्युनिस्ट खालको चरित्र देखाएको छैन भन्नुहुन्छ। त्यही पार्टीसँग तालमेल गरेर चुनावमा जानुहुन्छ । यो द्वैध चरित्र भएन र? 
पहिलो कुरा के हो भने कम्युनिस्ट सिद्धान्तका बारेमा बुझ्न जरुरी छ। कम्युनिस्टहरुको संयुक्त मोर्चाको सिद्धान्त, कार्यगत एकताको सिद्धान्त, कम्युनिस्टहरुले संशोधनवादीहरुसँग मात्रै होइनन्, कतिपय अवस्थामा साम्राज्यवादीहरुसित समेत तालमेल गरेका उदाहरण छन्। स्टालिनले अमेरिकी र ब्रिटिस साम्रज्यसँग तालमेल गरेर हिडटलरका विरुद्ध लडेका उदाहरण छन्। मार्क्सले चेङकाइसेकसँग तालमेल गरे। जसले लाखौं कम्युनिस्ट नेता कार्यकर्तालाई कत्लेआम पारेका थिए। 

हामीले कम्युनिस्टसँग मात्रै होइन, काग्रेससँग पनि तालमेल गर्‍यौं। निरंकुश शासनका विरुद्ध २०४६ सालमा कांग्रेस लगायत संसदवादी शक्तिसँग तालमेल गर्‍यौं। त्यो २०६२/०६३ सालको जनआन्दोलनमा मधेसवादी, काग्रेस लगायत सबैसँग तालमेल गरेर आन्दोलनमा सहभागी भयौं। विभिन्न खालखण्डमा विभिन्न पक्षसँग तालमेल गरेका छौं। एक समय स्थानीय चुनावमा हामीले काग्रेससँग तालमेल गरेका छौं।

कुन बेला कोसँग तालमेल गर्ने भन्ने कुरा राजनीतिक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले निर्धारण गर्छ। अहिले नेकपासँग तालमेल गरेका छौं। हिजो एमाले माओवादी विरुद्ध कडा संघर्ष गर्‍यौं। कुनबेला तालमेल गर्ने, कुन बेला संघर्ष गर्ने भन्ने कुरा हामीले चाहेर हुने भन्ने हुँदैन। राजनीतिक परिस्थिति, घरेलु पक्षको अवस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय पक्षलाई हेरेर तालमेल गर्छौं।

कम्युनिस्ट चरित्र र व्यवहारलाई कुन तत्वले परिवर्तन गर्दोरहेछ?
सत्ताले मात्र कम्युनिस्ट चरित्र र व्यवहार गर्छ भन्ने होइन। जसको चरित्रमा पहिलेदेखि पतन भएको छ। जसले दक्षिणपन्थी बाटो लिएको छ। जसले अवसरवादी बाटो लिएका छन्। त्यस्ता व्यक्ति सत्तामा गए यस्तो व्यवहार देखाउँछन्। जस्तो कमरेड चित्रबहादुर केसी उपप्रधानममन्त्री सहित सरकारमा जानुभयो। उहाँलाई सत्ताले कुनै परिवर्तन ल्याएन।  उहाँ कुनै भ्रष्टचारमा मुछिनु भएन, कुनै नराम्रो काम गर्नुभएन। कुनै खोट लागेन। त्यहाँ काम गर्न जति सम्भव छ, त्यति गर्नुभयो, फर्किनुभयो।

हामीले दुई दशकदेखि संसदवादको उपयोग गर्दै आएका छौं। अरुले सांसद मात्रै भएर पनि धेरै भ्रष्टाचार गर्ने गरेका छन्। हाम्रो पार्टीमा दर्जनौं सांसद भए। कुनै सांसद भ्रष्टाचारमा मुछिएको, अनियमितता गरेको पाउँदैनौं। अरु पार्टीहरुमा संसद विकास कोषको पैसा अनियमितता भएको, भ्रष्टाचार भएको उदाहरण पाउँछौ। हाम्रा पहिले सांसद हुन् वा अहिलेका सांसद, एक रुपैयाँ भ्रष्टाचारमा मुछिएका छैनन्। उनीहरु विकासको काममा निरन्तर लागिरहेका छन्।

नेकपाको अवसरवादी चरित्र छ। यस्तो खालको चरित्रले आफैं नाश हुन्छन् भन्न थालेको लामो समय भयो। तर, झन् धेरै शक्तिशाली भएर आए। उनीहरुलाई टेकाउने काम कसले गरेको छ?
शक्तिशाली भन्ने कुरा फरक हो। जस्तै राजा महेन्द्रले सत्ता लिए, त्यो बेला शक्तिशाली भए। त्यो पञ्चायती व्यवस्थाको ३० सालसम्म शासन गरे। त्यसको आधारमा शक्तिशाली भएको मान्न सकिदैन। कुनै अवस्थामा हिटरल पनि शक्तिशाली भए। यसको अर्थ उनीहरु वास्तविक रुपमा शक्तिशाली भएको मान्न सकिदैन। जुन प्रकारको भूमिका खेले, वास्तवमा शक्तिशाली भएका छैनन्। राजनीतिक सैद्धान्तिक रुपमा झन् कमजोर भएका छन्। उनको स्थिति झन् कमजोर भएको छ। सैद्धान्तिक राजनीतिक रुपमा स्खलन भएको छ। राजनीतिको लागि अस्वाभाविक रुपमा गुटबन्दी चलिरहेको छ। त्यसले पनि धेरै नै कमजोर भएको बताउँछ।

यस्तो खालको अन्तरकलहले नेकपा धेरै टिक्दैन भन्ने हो?
होइन, त्यसरी हामी भन्दैनौं। अन्तरकलह राजदरबारभित्र भयो। तर सयौं वर्षसम्म राजदरबार टिक्यो। पञ्चायती व्यवस्थामा पनि धेरै अन्तरविरोध थिए। त्यो पनि ३० वर्षसम्म टिक्यो। अन्तरविरोध उनीहरुको पतनको दिशातिर गएको छ भन्ने हो। यस्तो हुँदाहुँदै पनि को कति टिक्छ, टिक्दैन भन्ने कुरा परिस्थिति निर्धारण गर्छ। हामीले कसैको विषयमा भविष्यवाणी गर्नु उचित ठान्दैनौं।
  
नेकपाभित्रको शक्ति सघर्ष र सत्ताको दाउपेचले नेकपालाई कहाँ पुर्‍याउँला जस्तो लाग्छ?
यसले पार्टी मात्रै होइन, संगठनलाई पनि राम्रो गर्दैन। देशलाई झन् राम्रो गर्ने कुरै भएन। अन्तरकलहले काग्रेसलाई कुन स्थितिमा पुर्‍यायो, सबैलाई अवगत नै छ। कुनै समय प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास भएको पार्टी हो। लामो समय सत्तामा रहेको संगठन हो।  त्योकहाँ पुग्यो, सबैलाई थाहा छ। भारतीय कांग्रेसको अन्तरकलह र गलत नीतिले कहाँ पुग्यो? यदी सही दृष्टिकोण र कार्यनीति अपनाएन भने पतन हुँदै जान्छ। त्यस कुराबाट नेकपाले शिक्षा लिन जरुरी छ। लिएन भने त्यसको एउटै परिणाम हुन्छ, पतन।
 
सरकारले ल्याएको अध्यादेशदेखि लिएर सांसद अपहरणसम्मको काण्डलाई कसरी लिनुभएको छ?
जुन अध्यादेश ल्याउने काम गरियो, त्यो गलत भयो। हामीले त्यसलाई पहिलेदेखि नै विरोध गर्दै आएका थियौं। उनीहरुले अन्य दललाई फुटाउन ल्याएको षड्यन्त्र थियो वा आफ्नै पार्टी फुटाउनलाई ल्याएको, त्यो उद्देश्य बाहिर आउन नपाउँदै वीचमै सेलायो। अरु पार्टीलाई फुटाउन प्रयन्त गर्नु राजनीतिक तरिकाले ठिक भएन। पार्टीहरुमा सिद्धान्त र विचारमा संघर्ष हुन सक्छ। तर, तुच्छ खालको अरु दललाई फुटाउनेगरी अध्यादेश ल्याउनुलाई ठीक मान्न सकिँदैन। अरु दललाई फुटाउन अध्यादेश ल्याएको भने पनि अहिले आफ्नै पार्टीमा कलह बढाउँदै लगेको छ।

कम्युनिस्ट पार्टी वैचारिक बहस छलफल हराउँदै गएपछि यस्ता संकटहरु आएको भन्ने गरिन्छ। के त्यो सत्य मान्न सकिन्छ? 
नेकपामा सैद्धान्तिक र  वैचारिक रुपमा स्खलन हुँदैगयो। अब उनीहरुको झगडा को सत्ता र पदमा पुग्ने, कसले कसलाई हराउने भन्ने दाउपेचमा सीमित छ। त्यो गर्नु वैचारिक सैद्धान्तिक दुवै रुपमा गलत छ। त्यसलाई हामीले कुनै हालतमा सही मान्न सक्दैनौ।

कम्युनिष्ट पार्टीलाई जब दमन गरिन्छ, त्यो झर्झराउँदै आउँछ। तर, जब आफैं सत्तामा पुगेर गद्दारी गर्न थाल्छ र उठ्न समय लाग्छ भन्ने गरिन्छ, त्यो अवस्था आउन थालेको हो?
उनीहरुले जुन खालको कार्यविधि अपनाएका छन्। सैद्धान्तिक र राजनीतिक दुबै दृष्टिकोणले कम्युनिस्ट होइनन्। उनको कार्यपद्धतिले पनि कम्युनिस्ट होइन भन्ने पुष्टि गर्छ। यस्तो खालको व्यवहारले पतनको दिशातिर लग्छ। हामीले त्यस्तो खालको कार्यशैली र कार्यनीतिको विरोध गर्दै आएका छौं।

अहिलेको सरकारले के गर्दिए हुन्थ्यो जस्तो लाग्छ?
पहिलो कुरा यो कम्युनिस्ट सरकार होइन भनेर बारम्बार भन्दै आएका छौं। यसले कम्युनिस्ट पार्टीको जस्तो काम गर्ने छ भन्ने आशा गरेका छैनौं। कम्युनिस्ट हुनेले कामै गर्न सक्दैन भन्ने होइन। गिरिजाप्रसाद कोइराला कम्युनिस्ट थिएनन्। उनले पञ्चायती व्यवस्था विरुद्ध सघर्ष गरे। राजाको प्रतिगमनका विरुद्ध सघर्ष गरे। त्यसलाई हामीले सकारात्मक रुपमा लियौं। उनीसँग कार्यगत एकता गरेका थियौं।

अहिलेको सरकार कम्युनिस्टको नभए पनि केही राम्रा काम गरेर देखाउन सक्ने अवस्था छ। त्यो गर्न सकेन। हामीले कुनै मुद्दामा समर्थन गर्छौं, त्यो उनीहरुका सबै मुद्धामा समर्थन गरेको अर्थमा बुझ्नु हुँदैन। सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन। कतिपय अवस्थामा भ्रष्टाचारको पक्षपोषण गर्ने काम भएका छन्। त्यसमा डटेर विरोध गरेका छौं।

नेकपा कम्युनिष्ट पार्टी होइन भन्नुभएको छ। तपाईं पहिलो पुस्ताको हुनुहुन्छ धेरै फुट र विभाजन भएको छ। के व्यवस्थित कम्युनिस्ट पार्टी चलाउन नसकिने अवस्थामा पुगेको हो?
यो कुरा सत्य हो। सही रुपमा काम गर्न नसकेका कारण समाप्त भएका छन्। रुसमा पनि यसरी नै समाप्त भएको हो। कम्युनिस्ट पार्टीकै शैलीका कारण उनीहरु समाप्त भएका छन्। अन्य देशमा पनि यस्तै भएका छन्। कार्यशैलीका कारण पनि पतन भएका छन्। हाम्रो पार्टीको चौथो महाधिवेशनमा विश्वमा यसको अवस्था थियो तर अहिले त्यो समाप्त भएको छ। यसको असर कम्युनिष्ट पार्टीमा परेको छ।

हामी चौथो महाधिवेशनदेखि अहिलेसम्म आइपुग्दा कम पक्कै भएका छौं। हाम्रो गलत कार्यशैलीका कारण भएको होइन। विश्वको असर यहाँ पनि परेको छ। विश्व समुदायमा कम्युनिस्ट शासन हराउँदै जाँदा यहाँ पनि त्यसको असर पर्छ पक्कै परेको छ।

सरकारले पार्टीहरुलाई प्रतिबन्ध लगाएको छैन। पार्टीका गतिविधिहरु गर्न खुल्ला छोडेको छ तर पनि पार्टीलाई भूमिगत भनेर राख्नुको रहस्य के हो?
त्यसमा कुनै रहस्य होइन। कम्युनिस्ट पार्टी भनेको सांसदीय अभ्यासमा विश्वास गर्ने र अभ्यास गर्दैन। अन्य कैयौं पार्टी छन्। हाम्रो दीर्घकालीन उद्देश्य भनेको समाजवादसम्म जाने हो। यसका लागि क्रान्तिकारी भइरहनुपर्दछ। क्रान्तिकारी चरित्र र पार्टी राख्नु पर्दछ। अन्य पार्टीजस्तो संसदमा जाने संसदीय अभ्यासको दलदलमा फस्ने नीति र उद्देश्य छैन। हामीले यसलाई उपयोग गरेका छौं। हामीले तीभन्दा पर रहन भूमिगत राखेका छौं। पूर्ण भुमिगत छैन। यो प्रणाली मात्र हो। यो एउटा नीति नै हो।

बाहिर विरोध गर्ने तर संसदबादको स्वाद लिइराख्ने अनि जनतालाई भ्रममा राखिराख्ने काम गरियो भनिन्छ नि? 
तर्क अनेक प्रकारका हुन्छन्। आक्षेप पनि अनेक प्रकारका हुन्छन्। धेरै विषयमा यस्ता आलोचना हुने गरेका छन्। तत्कालीन र दीर्घकालीन रणनीति बनाएर हामी अगाडि वढेका छौं। संसदीय व्यवस्थालाई पनि उपयोग गर्ने र पार्टीलाई भूमिगत पनि राख्ने रणनीति बनाएका छौं। यो दीर्घकालीन र तत्कालीन रणनीति हो। संसदीय प्रणाली कुनै बेला उपयोग गर्न सक्छौं भने कहिले बहिस्कार पनि हुन्छ। यसमा मुल प्रश्न भनेको अहिलेको संसदिय प्रणालीभन्दा बेग्लै बनाउने रणनीति हो।

तपाईंहरु क्रान्तिकारी शक्तिलाई एक हुने केले रोकेको छ? 
पार्टी एकीकरण जाने कुरा सबैकुरा मिल्नुपर्छ। मोहन वैद्यसँग मिल्न सक्ने आधार छैन। हामी राणनीति रुपमा एक ठाउँमा छौं तर सैद्धान्तिक रुपमा अलग छौं। तत्कालीन राजनीतिक प्रश्नमा कैयौं अन्तरविरोध रहेको छ। हामी गणतन्त्रलाई उपयोग गर्न भन्छौं। वैद्यहरुले विरोध गर्नुभएको छ। उहाँहरुले संघीयताको सर्मथन गर्नुभएको हामी विरोध गर्दछौं। उहाँहरु जातीय राज्य भन्नुहुन्छ हामी त्यसको विपक्षमा छौं। यस्ता धेरै सैद्धान्तिक अन्तरविरोधहरु हामी वीचमा रहेका छन्। हामी यो संविधानलाई स्वीकार गछौ तर वैद्यले यसलाई अस्वीकार गर्नुभएको छ। राणनीतिक र आधारभूत प्रश्नमा मतभेद छ। त्यसैले मिल्न सक्ने आधार छैन।
 
केपी ओली सरकार गतिविधिका दृष्टिकोणले कस्तो खालको सरकार हो?
उनको कार्यशैलीको हामीले सही मानेका छैनौं। अहिले कोरोना भाइरसको प्रशंसा, स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको र त्यसको बचाउमा प्रधानमन्त्री आएको कुरा पनि आएका छन्। देशबाहिर रहेका जनतालाई जो अप्ठ्यारोमा परेका छन्, उनीहरुलाई नेपाल ल्याउनुपर्ने थियो। सीमामा रोकिएका नेपालीहरुलाई देशभित्र ल्याउनुपर्दछ। निम्नस्तरका आय भएका र दैनिक श्रम गर्नेहरु रोएर हिँडेका छन्। यसमा हामीले सही मानेका छैनौं। अध्यादेशमा जुन कार्यशैली देखियो पनि सह्य छैन। सरकारको यो कार्यशैली गलत छ। हामी विरोध गर्दै आएको छ।

तपाईंहरुले पनि सच्याउने र भन्डाफोर गर्ने काम देखिएन नि? 
हामीले यसमा कोसिस नगरेको होइन। हाम्रा कमरेड चित्रबहादुर केसीले प्रयास गर्नुभएको हो, समय नै दिनुभएन। उहाँमा अरुको कुरा नसुन्ने बानी छ। यो राम्रो होइन। सिमामा रोकिएमा मानिसको पीडा सुन्नुपर्छ। यही देशका नागरिक हुन्, उनीहरुलाई भित्र्याउनुपर्छ। हामीले यो विषयमा छलफल गर्न खोजेका छौं, तर समय दिनुभएको छैन।

भिडिओ हेर्नुहोस्ः

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  ११:१२
  • #नेकपा
  • #मोहन_विक्रम_सिंह
  • #कम्युनिस्ट_पार्टी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्