काठमाडौं– नेपालका लागि बेलायतका पूर्व राजदूत रिचार्ड मोरिस बेपत्ता भएका छन्। उनी बेलायतको बेन्टले सहरबाट हराइरहेको भन्दै हेम्सपायर प्रहरीले खोजीका लागि सूचना निकालेको छ।
मोरिस सन् २०१५ को नोभेम्बरदेखि २०१९ को नोभेम्बरसम्म नेपालका राजदूत थिए।
५२ वर्षीय मोरिस अन्तिम पटक बेन्टलेमा मे ६ तारिख (बिहान १०:३०)मा देखिएको प्रहरीले जारी गरेको खोजी सूचनामा उल्लेख छ।
उनको परिवार उनकाे हेरचाहका लागि निकै चिन्तित रहेको उक्त सूचनामा भनिएको छ।
उनलाई भेटाएमा १०१ मा खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।