काठमाडाैं-आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा आज (आइतबार)देखि संघीय संसदमा प्रि-बजेट छलफल सुरु हुँदैछ।
अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा छलफलका लागि प्रस्ताव पेश गर्ने छन्। सम्भावित कार्यसूचीका अनुसार अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/७८का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गर्ने छन्। त्यसमा सांसदहरुले आ-आफ्ना धारणा राख्ने छन् । यो छलफलका लागि प्रतिनिधि सभा ११ बजे र राष्ट्रिय सभा २ बजेका लागि डाकिएको छ।
दुवै सदनमा बजेटका सिद्धान्त र प्राथमिकताबारे अर्थमन्त्री खतिवडालाई सुझाव दिइनेछ। संघीय संसदका सुझाव समेट्दै अर्थमन्त्री खतिवडाले नीति तथा कार्यक्रम ल्याउने छन् । उक्त नीति तथा कार्यक्रमको आधारमा बजेट आउनेछ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक वाध्यात्मक प्रावधान छ। जसका कारणले कोरोृनाको महामारीका बीचमा पनि स्वास्थ्य सावधानी अपनाउँदै संसद बाेलाइएकाे हाे।
यस्तो छ सम्भावित कार्यसूची

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।