काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख २० हजार ८ सय ७८ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १३ लाख ९ हजार १ सय ६४ जना संक्रमित भइसकेका छन्।
त्यस्तै, स्पेनमा २ लाख २३ हजार ५ सय ७८, इटालीमा २ लाख १८ हजार २ सय ७८, बेलायतमा २ लाख १६ हजार ५ सय २५, रुसमा १ लाख ९८ हजार ६ सय ७६, फ्रान्समा १ लाख ७६ हजार ७ सय ८२ र जर्मनीमा १ लाख ७१ हजार ३ सय २४ जनालाई संक्रमण पुष्टि भएको छ।
विश्वभर २ लाख ७९ हजार ७ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ ७८ हजार ७ सय ४६ जनाको मृत्यु भइसकेको छ। त्यस्तै बेलायतमा ३१ हजार ६ सय ६२, इटालीमा ३० हजार ३ सय ९५, स्पेनमा २६ हजार ४ सय ७८, फ्रान्समा २६ हजार ३ सय १३, ब्राजिलमा १० हजार ६ सय २७ जनाको मृत्यु भइसकेको छ।
विश्वभर १३ लाख ६९ हजार ५ सय ५३ जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ २ लाख १२ हजार ५ सय ३४, जर्मनीमा १ लाख ४३ हजार ३ सय, स्पेनमा १ लाख ३३ हजार ९ सय ५२, इटालीमा १ लाख ३ हजार ३१ संक्रमणमुक्त भइसकेका छन्।
नेपालमा १ सय ९ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३१ जना संक्रमणमुक्त भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।