काठमाडौं- चीनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नेपाललाई सहयोग गरेको पहिलो चरणको स्वास्थ्य सामग्रीको नेपाल आइपुगेको छ।शनिबार हिमालय एयरलाइन्सको न्यारोबडी जहाजले चीनको छोङछिङबाट स्वाथ्य सामग्री ठमाडौं ल्याइपुर्याएको हो।
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले स्वास्थ्य सामग्रीमा परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पिपीई), एन–९५ मास्क र पञ्जालगायत भएको जानकारी दिएकी छन्।
राजदूत याङ्छीले चीनले नेपाललाई गर्ने स्वास्थ्य सामग्री सहयोगको यो पहिलो चरणको सामग्री भएको बताएकी छन्। शनिबार आएको स्वास्थ्य सामग्री ६ हजार ८ सय ९२ केजी रहेको बताइएको छ। उक्त स्वाथ्य सामग्री आइतबार नेपाललाई हस्तान्तरण गरिने छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।