नयाँदिल्ली- बलिउड अभिनेता सलमान खान लकडाउन भएपछि आफ्नो पनवेल फार्म हाउसमा बसिरहेका छन्। यो समय उनका साथमा परिवारबाहेक उनकी गर्लफ्रेन्ड भनिएकी युलिया बन्तुर‚ अभिनेत्री ज्याकलिन फर्नान्डिज र वालिसिच डि सोसा रहेका छन्।
उनी आफ्नो फर्महाउसबाटै आफ्ना फ्यानहरुलाई मनोरञ्जन पनि दिने प्रयास गरिरहेका छन्। अब उनी छिट्टै ज्याकलिनसँग मिलेर एउटा गीत ल्याउँदैछन्। गीतकाे नाम ‘तेरे बिन’ रहेको छ। सलमान र ज्याकलिनको जोडीले पनवेल फार्महाउसमा तेरे बिन गितको भिडियोको सुटिङ पनि गरेका छन्। अब यो गीतको प्रमोसनको तयारी बाँकी रहेको उनीहरुले बताएका छन्।
खानले सुटिङ र त्यससम्बन्धी कुराकानीको भिडियो इन्स्टाग्राममा सेयर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।