काठमाडाैं- संघीय संसदका सदस्य, कर्मचारी र मर्यादापालकसहित २६१ जनाको कोरोना परीक्षणकाे रिपाेर्ट आएको छ।
संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार शुक्रबार स्वाब संकलन गरिएका उनीहरुको परीक्षणपछिकाे रिपाेर्टमा कोरोना संक्रमण देखिएकाे छैन।
बुधबारदेखि संघीय संसदका सदस्य र अन्यको कोरोना परीक्षण थालिएको थियो। संघीय संसदको बजेट अधिवेशन सुरु भएपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो। शनिबार पनि थप ७ जना सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
यसअघि बिहीबार संकलन भएका सबै स्वाबको रिपाेर्ट नेगेटिभ आएको थियाे। बिहीबार संघीय संसद भवन परिसरमा ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।